ईतिहास लिपिबद्ध छ
उठेर सोध्दैन खोज्दैन
गलत लेखहरू होइन भन्न सक्त्तैन
मारकाटका ती विविध पटाक्षेपहरू उठाउन सक्दैन
किन्चित उसको धरातल लेखको लेखनीमा
लेखकको चाहनामा लिपिबद्धता भएर उभिएको हुन्छ
कति पश्चाताप र विकासका आँधी उस्ले खेपेको हुन्छ
को पढ्छ र बिगत ?
अहिलेको दिन दिनको चटारोमा
ईतिहास केवल शिलालेख भएको छ
उत्पादनशीलताको बिश्लेषणमा कुदेको संसारमा
ईतिहास केवल शब्द भएको छ
हो शब्द भएको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *