रंगमंचमा दुइटा पर्दा धनीको अनि गरीवको
यकातिर लड्छ भोको निद मिठो तन छ खाली
अर्कोतिर खाना ठसमस छैन निद्रा गर्छ गाली
ब्यन्जनले आउन्न निद्रा परिश्रमको भोको देह
बुझोस के लन्ठु मानव छैन पाचन त्यो अग्नेह
सपनामा नदेख सुख त्यो बालिस्टार त्यो आरामको
खोजी हेर ती पात्र हुन्छन रोगी कृपण बेरामको
बनी स्वास्थ्य आनन्दित धरती आँगन सुखी पार
भोक माथि थपी भोक दुखी जन मन दुखी न पार ।
