खुसी छरी हृदय यो छमछम नाच्छ
तिमी मेरो मिठो मान्छे मनै मेरो हाँस्छ
सपनीमा आउने तिमी विपनीमा देख्छु
रहरका मोती दाना तिमीसँगै टिप्छु
बोल मिठो हरहर मद छरिएको
माया जति छातीभरि तिम्रो सजिएको
कति खोलुँ मनका कुरा ऊमन्गले ढाँटछ
खुसी छरी हृदय यो छम छम नाच्छ
तिमी मेरो मिठो मान्छे मनै मेरो हाँस्छ
