Skip to content

एउटा नेता चाहियो

  • by


राजस्व लुट्ने मात्र होइन
गरिबको आँसु पुछ्ने नेता चाहियो,
हाम्रो होइन राम्रो खोज्ने
सोच भएको नेता चाहियो,
आफन्तलाई होइन
निमुखालाई पोस्ने
शासन र नेता चाहियो,
बिकृति होइन देशको
सुकृति फैलाउने असल नेता चाहियो,
बिदेशीको ढोका होइन
जनताको आगन कुर्ने नेता चाहियो,
जनता छक्याउने होइन
जनताको सम्मान गर्ने नेता चाहियो,
आफ्नो सुख होइन
गरिबको दुख हर्ने नेता चाहियो,
कदम कदममा सत्ता होइन
माटो छोएर देश प्रति चिन्तित
राष्ट्रवादी नेता चाहियो,
देशको अस्तित्व दाउमा पार्ने होइन
स्वाभिमानको लागि मर्ने नेता चाहियो,
अफ्नो लागि जनताको बलि होइन
देश र जनताको लागि
आफैंलाई बलि चढाउने
एउटा सच्चा नेता चाहियो,
चाहियो, चाहियो, एउटा नेता चाहियो,
स्वतन्त्र स्वाभिमान हिमाली काखमा
रहेको मेरो प्यारो नेपालको
शिर ठाडो पारी हँसिलो मुहार बनाउन
जाति, धर्म, र वादभन्दा माथि उठेर
नेपाल र नेपालीवाद सोच्ने नेता चाहियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *