Skip to content

मदनमणि दीक्षित

कथाकार विश्वेश्वरप्रसाद कोइराला

सिगमन्ड फ्राइडले मानिसको मनोविश्लेषणको वैज्ञानिक पद्धतिको स्थापना गरे । त्यसमा उनलाई जुङ र एडलरको सहयोग थियो ।

देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पनि जिन्सी अड्डामा हाजिर भएनन्, अड्डाका हाकिम र सबै कर्मचारीहरू निजको घर केशरमहलमा सातामा एकपटक जाने गर्दथे ।

प्रभु, सर्कार, तपाईं, तिमी र तँ

  • by

बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच.

शैशवका तीन पुस्ता

  • by

म जन्मिएको ८६ वर्ष पूरा हुन लाग्यो । म पछिका पनाति र पनातिनी गरी तेस्रो पुस्ता चलिरहेछ । केही दिन भयो मेरो नातिनी ज्वाइँसित कुरा हुँदै थियो । आफ्ना साढे दुई वर्षको उमेरका बम्बई छँदाका सम्झनाहरू बारे चर्चा गरेँ । ती सम्झनाहरू मेरो मस्तिष्कमा ताजै छन् तथापि आजका शिशुहरूका सम्झनासित दाँज्दा आजका शिशुहरू कति फरक र उमेरअनुसार पाका चिन्तनमा पुगेका रहेछन् भन्नेबारे हाम्रा चर्चा चल्दै रहे ।

आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

  • by

जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित डराउनु हुँदैन । त्रास वेगरको सङ्घर्ष वेगर जीवनलाई के जीवन भन्ने ?

नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

  • by

पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् ।

दयाराम र राजारामहरू यो देशका भरोसा

  • by

सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन ।

कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।

जीवनका प्रभाती किरण

  • by

बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

“लौ बित्यास बन्यो राति एघार बजेदेखि १ बजेसम्म कुरुवा बस्दा हिजै भाइ सिद्धिमणिले आशा छोडिसकेका थिए । गाथका साहस र मुटु गल्दै गएका थिए लौ झट्टै लुगा झिकी दे जानैपर्छ यस्तो बेला । हर्केलाई उठाएर घोडा कसिहाल्न भन् म आइहालेा” बेड स्वीच थिचेर बत्ती बाल्दै मेरा पिताले मेरी आमालाई अह्राउनुभयो । घडीको भित्ता भने स्प्रेहाहीन, कामनाहीन, टिक-ट्याक टिक-ट्याक गरिरहृयो ।

रुसी केटीद्वारा बलात्कार चेष्टा

  • by

‘ स्वेता! ‘ भूमध्यसागरका किनारै•किनार अल्जियर्सदेखि एथेन्स अनि कालासागर तटमा अवस्थित बुल्गेरियाको राजधानी सोफिया, तत्कालीन सोभियत संघका रमणीय शहर कन्स्टान्सा, ढडेस्सा हुँदै सुखुमी जहाजघाटमा उत्रिएको ‘ लित्भा ‘ नामक विशाल रूसी पानीजहाजकी परिचारिकाको नाउँ थियो त्यो। २० वर्ष जतिकी ती केटीले एथेन्सपछिको यात्रामा पानीजहाजको तेस्रो तल्लाको मेरो कोठामा आएर राति एक बजे मसित रतिविलास गर्न मौन अनुरोध गरिन् र मैले इन्कार गरेँ।