जीवन भट्टराई
सम्बन्ध:मन,अनुहार,सडक,…!
हो,मैले पढे
थुप्रै सडकमा हिड्नेहरुको अनुहार
अनि पढे
समिप भएकाहरुको मन
मेरो अनुहार पढ्छौ?
पढ !
खैरा आँखाहरु
नमेटिने गरि लागेको
टाँका लगाएको खत
प्राय: सधै हुने
झुसिला दारी
अनगिन्ती काला कोठीहरु
कति सजिलो छ
छैन त ?
मैले मात्र सडकमा भेटिएकाहरुको
मन कहिले पनि पढिन
तिमि मेरो अनुहार पढ !
अनुमति दिन्छु
तिम्ले मलाई
मात्र सडकमा भेटिकी हौ
म
मेरो मन पढ्ने अनुमति दिन सक्दिन !