Skip to content


इन्द्रेणीमा कति वटा रंग देख्छौ?
भनेर कसैले सोध्छ भने,
म दुईवटा भन्छु
कालो र सेतो
म गलत हुन सक्छु
तर, दुईवटा मात्र रंग देख्छु
म त्यो भ्रमित इन्द्रेणीमा
अनि, कसैले सोध्छ भने
ती दुई रंग मध्ये कुन रंग मन पर्छ भनेर ?
म कालो भन्छु
किनकी कालो रंगसंग म समिप छु
अनि कालो रंग मैले बुझेको छु /भोगेको छु
सेतो चाहिँ,
बुझेको छैन
बुझ्न मन छ
भोग्न मन छ
बाच्न मन छ

2 thoughts on “भ्रमित इन्द्रेणी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *