दिनहुँ
जित्नु छ आफैलाई
कस्तो प्रतिस्पर्धा हो यो ?
आफैसँग हार्नु पर्ने
म
हार्न नचाहने मान्छे
हरेक दिन हार्छु
आफैलाई जिताउन
थाँती राखेर
थुप्रै बाचाहरू
गल्ली गल्ली
हिँडिरहंदा
म
कयन पर्खालहरू भत्काउँछु
आफ्नै सपनाको
र,आफैलाई विजयी
घोषणा गर्छु !
रंगिएर
आफैले छरेका रङबाट
मेरा पैतालाहरूले
जमिन छोड्छन
आकाशिने लालचमा
अनि,म
फेरि जित्छु
आफैलाई हराएर
