Skip to content


त्यो संयोग
हाम्रो पहिलो भेटको
र,सायद अन्तिम पनि
ऊ खित्का छोडेर हाँस्थी
र भन्थी “म खुशी छु”
म पनि उसैसँग सहमत हुन्थें
कृतिम हाँसो हास्दै
निर्वस्त्र बर्सिइन् उनी
म ओत लाग्न खोजिरहें
म त्यसरी कहिल्यै भिजेकै थिइन
भिजिरहँदा ख्याल गरें
अरुलाई भिजाउन सक्ने
झरीमा पनि त प्यास हुँदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *