जीवन जीउनु संघर्ष हो भने,
म जीवन जिउदैछु
अनि, जीवन भोग्नु संघर्षभन्दा केही माथि हो भने
अहो ! मैले जीवन जीउनै जानेनछु
जीवनलाई संघर्षसँग परिभाषित गरी
जीवन जीउने म
अनि, संघर्ष त जीवनको पाटो ठान्ने तिमी
त्यसैले, त हामी पर्खाल वारिपारि भएछौ
किनारको वारिपारि भएछौ
मैले पनि संघर्षलाई जीवनको पाटो मात्र बनाउन खोजेको थिए
संघर्षलाई खुड्किलो बनाई माथि पुग्न खोजेको थिए
संघर्षबाट तैरिएर पारी पुग्न खोजेको थिए
तर, पुरा नभएका यिनै चाहनाहरूले
सायद,
म जीवनलाई संघर्षसँग परिभाषित गरिरहेछु ।

ekdum ramro cha…….
ekdum ramro cha…….