Skip to content


तँ चस्मा लगाउछ्स
माक्स लगाउछ्स
तँलाई
यो शहरको धुँवा धुलो देखि
कति डर लाग्छ है ?
अनि डर लाग्दैन?
यो धमिलो शहरका
धमिला मान्छेहरु देखि
भिडहरुमा
मलाई रोक्न
फुटेका ओठ तन्काउदै
कति कृतिम हाँसो हाँस्छस?
त्यो भिडलाई छोड्दे
तँ आफैँ पनि
त्यो भिड जत्तिकै हुन सक्छस
तँ भिडको पछि लाग्ने खालको त
पक्कै होइनस
अनि तँ धमिलिनेहरुमा पनि पर्दैनस सायद
कृतिम हाँसो हास्न छोड्दे
मलाई त धमिलिएको हेर्न मन छैन !
सिरानीमा शिर राखेर
पल्टी रहंदा
यस्तै गुनासो गर्छ
आँशु म संग

Leave a Reply

Your email address will not be published. Required fields are marked *