Skip to content


म अरुलाई बुझ्न चाहने
आफूलाई कम बुझाउन चाहने मान्छे
प्रभात बुझेको छु
सन्ध्या जस्तै
प्रभातले स्वागत गर्छ
सन्ध्याले विधाई गर्न चाहदैन मलाई
अनि,आफैलाई प्रश्न गर्छु
किन सन्ध्याले विधाई गर्न चाहदैन ?
आफ्नै प्रश्नबाट झ्स्यांग हुन्छु
अनि सम्झन्छु
मैले सन्ध्यालाई सन्ध्या मात्र मानिन
प्रभातलाई प्रभात मात्र मानिन
सन्ध्या र प्रभातसँगै तिम्रो स्पर्श पनि जोडेछु

अब मलाई चुरोटका ठुटाहरू
कलेटी परेका ओठमा राखेर
तिनीहरूलाई जलाइरहन मन छैन
आफैलाई चुरोटको ठुटो बन्न मन छ
अनि मलाई
तिम्रा रसिला ओठका स्पर्शका कारण जलिरहेका
ठुटावाट निस्कने धुवाँ पनि बन्न मन छ
कुरा यहाँ निर आएर बाझिन्छ
तिम्ले फ्याक्ने धुवाँ होइन
तिम्ले लिने धुवाँ हुन मन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *