टक्क अडिए
र, हेरिहहें
त्यो ऐनालाई
जुन झुन्ड्याईएको थियो
कुनै ठेलामा डोरी मार्फत
हावा जोडले चल्दा,
ऐना पनि जोडले घुम्थ्यो
हावा बिस्तारै चल्दा,
ऐना पनि बिस्तारै घुम्थ्यो
धेत्
मेरो यही बानी त नराम्रो छ !
तुलना गरें आफैलाई
त्यो झुण्डिएको ऐनासँग !
