Skip to content


ठेसहरूले गिज्याउन थाले
हरेस खान्न भन्ने मन
चरेस खान समेत तयार हुञ्छ अचेल
एकादशी सम्झाउने
ब्रत बस्न सिकाउने शहर
पूर्णरुपमा मौन छ
मन्दिर भित्रका देउता जस्तै
यधपी
खुशी हुने बाहनाको कमि छैन
भित्तामा टासिएका तस्बिरहरूसँग राम्रो परिचय बनेको छ
अनि, मेरो लागि केही गर्न पनि चाहन्छन
केही अपरिचितहरूसित मौन संवाद हुञ्छ
त्यो मौनतापछि परिचय नबन्ला भन्न पनि त सकिन्न
ए साँची!
चिया पसलको दिदीले उधारो पनि त पत्याउन थालेकी छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *