Skip to content

म र मेरै कपडाका खल्तीहरू


भोलि उठ्दा
मेरो खल्तीमा
एक पैसा हुने छैन
के अनि म
मेरो खल्ती जस्तै रित्तिए त ?
के म
मैले आफैले लगाएका
कपडाहरूको खल्ती मात्र हुँ?
खल्तीहरू र म बिच कति समानता छ?
अनि कति असमानता?
कि खल्ती र म बिच
बिपरितार्थक सम्बन्ध छ ?
मेरा कपडाका खल्तीहरू
मसँगै सुत्छन्
सँगै उठ्छन
हामी निकै समिप छौ
र धेरै टाढा पनि
मलाई थाह छ
म धेरै रात
सुत्न नसक्दा
मेरा खल्तीहरू पनि
मसँगै अनिदा थिए
अनि थाह छैन
उनीहरू ननिदाएको रात
म निदाए कि निदाइन
कयन पटक
म खुशी हुँदा
उनीहरू मसँगै खुशी हुन सकेनन्
अनि उनीहरू खुशी हुँदा म
अपरिभाषित सम्बन्धको खाडलमा
म र मेरै कपडाका खल्तीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *