१)
तीजमा पनि र्याप गीत पो,गाउँन थाले आजभोलि
गरगहनाले शिरदेखि पाउसम्म,छाउँन थाले आजभोलि
हातेमालो गरेर बचाउनु पर्छ, हाम्रा मौलिक सस्कारहरू
नयाँ पनसँगै कयौं विकृतिहरु,आउँन थाले आजभोलि ।
२)
भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ ।
