आज आम नेपालीको
तन मनमा
भूकम्पीय त्रास छाएको छ
आयो-आयो भूकम्प आयो रे
चारैतिर हल्ला छाएको छ
चोक-चोक र गल्ली गल्लीमा
भूकम्पको चर्चा चलेको छ
बालकदेखि बृद्धसम्ममा
भूकम्पको त्रास मात्रै छाएको छ
न त घर भित्र बस्न मिल्छ
न त घर बाहिर नै
भूकम्पीय त्रास जताततै फैलिएको छ
घरमा बसौ भने
भत्किएला भन्ने डर
साथै…….घर भित्रै
थिचिएर मरिएला भन्ने डर
मनमा आज त्रासै त्रास
हर बखत
यो भूकम्पले त
न खान दिएको छ
न निद्रा दिएको छ
गर्नु गर्यो भन्या यसले त
हरेक जनको तन मन्
बरालिदिएको छ
यो भूकम्पीय त्रासले
अति धेरै दुख दियो भन्या
यो बिनासकारी भूकम्पले
खै कस्तो परीस्थिति
ल्याइदियो यस्तो पीडादायी
टेन्ट मुनिको बसाई
छ्या………..
खाना छैन
न पिउने पानी छ
खुला चौरमा बस्नु पर्ने बाध्यत
न बसौ भने
आफ्नै ज्यान जाला भन्ने डर
खै कसरी बस्ने खुला आकाश मुनि
बडो बिजोग भो
यस पाली यी बस्तीहरूमा
हर बखत भूकम्पीय कम्पन्न्
यो कस्तो बिपत आइलागेछ
सारा मानव बस्तीहरू
ध्वस्त भए
कयौ भौतिक सङरचनाहरू नि ध्वस्त भए
कयौ जीर्ण बने
आज पीडाका चित्कारहरूमा
यी बस्तीहरू बाच्न बाध्य छन्
चारैतिर फैलिन्छ कि
ठुलो माहामारी भन्ने मनमा त्रास
साथमा छदै छ
यो भूकम्पीय
डर लाग्दो ठुलो त्रास
यो कस्तो त्रास फैलियो
नेपाल भूमिमा आज
जता गए नि
यै विनाशकारी
भूकम्प कै डर र त्रास मात्रै
मनमा जरो गाडेर बस्ने पो भयो भन्या
कता जाऊ के गरौ
यो आपत बिपतको
समयमा…
कहाँ गएर बसौ
सुरक्षित ठाउ
कही कतै छैन
मनमा छाको छ
ज्यान जोखिममा पर्ला भन्ने त्रास
यस्तो त्रासै त्रासमा
बाच्नु पर्दा
होस नै गुम्ला भन्ने
मन भरि चिन्ता
चिन्ता चिन्ता हर बखत चिन्तै चिन्ता मात्र
मन भरि डर र त्रास मात्रै
आज यो कस्तो आपत आइलाग्यो
हामी नेपाली को माझ्
ए निष्ठुरी निर्दयी पापी दैव ।
