Skip to content


हरेक दिन हजारौ युवा
खाडी भूमि हानिदै छन
मिठा-मिठा सपनाहरू सजाएर
भविष्यको सुन्दर कल्पना सँगालेर
कमाउनलाई धन भनेर
राम्रो लगाउन मिठो मसिनो खाने
रहर सँगालेर नेपाल भूमि छोडेर
आकाश माथिको धावन मार्गमा उडेर
आफ्नो मान्छे नहुँदा अगाडि
केही गर्न सकिन्न
यो देशमा आज भोलि
दु:ख पिर सधैंं तनमा हरेक पल
सोचे जस्तो हुन्न यो भूमिमा
यो देशमा श्रमको सम्मान हुँदै हुन्न
सधैंं श्रम बेच्न वाध्य भाछन
नेपाली युवाजन
यो देशमा यो सानो त्यो ठुलो
भन्दै कुरा मात्र काटिन्छ
यत्र तत्र जहाँ तही
विकास के हो?
कस्लाई थाहा छ र यहाँ
सधैंं सानो ठुलोको खाडल मात्र खनिन्छ
यो भूमिमा
यो देशमा कहिले मेटिन्छ
यो सानो ठुलो को खाडल???

Leave a Reply

Your email address will not be published. Required fields are marked *