Skip to content

तीन मुक्तक (फादर्स डे)


ए कलियुगे मानव पत्थरमा, किन फूल चढाउँछौ
भन त तिमी कस्का निम्ति, त्यो बृद्धाश्रम बनाउँछौ
वर्षको एकचोटी ईलेक्ट्रोनिक मिडियामा फोटो राखेर
बाको साथमा बस्नु छोडी, किन ‘फादर्स डे’ मनाउँछौ

फेसबुकमा आज उस्ले पनि, बाको फोटो हालेको छ
बाआमा दुवै जनालाई जस्ले,बिद्दाश्रममा राखेको छ
आफूले नखाएरै छोरालाई, हुर्कायो पढायो उतिखेर
यतिखेर कुनै वास्तै छैन, बाआमा कस्ले पालेको छ?

कहिले छोरा ठुलो होला, बसिरहन्थे दिनहरू गनेर
कति दुख गर्थे छोरा पाल्न, रातदिन खेतबारी खनेर
आज म बृद्धाश्रम पुगे जब, बिहानीको शुरुमा यी सब
एक जना बाबा भन्दै थिए, छोरो भेट्न आएन भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *