एकतर्फी प्रेमको मात (आफूले चाहँदैमा घृणा नपाइने)

  • by


तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु
मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको ।
पहिलो हेराइमा तिम्रो रुपले लट्ठ्याएको नशाबाट म बाैिरनु नसकेको ।
तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको ।
जुन समर्पणबाट शहीदलेजस्तो इज्जत मैले पाउनुको साटो
‘कात्तिके कुकुर वा देउते बोको’ को सम्बोधनबाट म अपमानित हुनु सक्ने ।
तिमीतर्फ बगिरहेको मेरो अविरल प्रेम
उँधो झरिरहेको खोला भेट्न उँभो चढिरहेको बाटोझैँ सके उल्टो गइरहेको ।
तिम्रो प्रेम यदि वासनात्मक मात्र भए
त्यसको तृप्तिपछि पो त्यसबाट मुक्ति पाउने छु कि ?
वा त्यसको प्राप्तिपछि नशा झन् थपिई
कहिल्यै बौरनु नसक्ने गरी म लट्ठिरहने हो कि ?
साली ताक्ने व्यभिचारले मलाई उक्साएको हो भने
अरु दुइटी सालीप्रति म किन बेवास्ता भएको ?
काइँलीसाली धेरैको आँखाले छानेको भए पनि
मेरा आँखाहरु र मनले तिमीलाई छानेको ।
रुपसी मात्र नभई गुनिलो समेत भई तिमी मेरो हृदयमा टाँसिएकी ।
त्यसैले मेरो प्रेमभित्र वासना मात्र नलुकेको दाबी मैले पछारेको ।
तिम्रो एकतर्फी प्रेमको विरुद्ध मेरो स्वाभिमानले उघारेको फँणा
स्थायी रुपमा उघ्रिरहनु नसकी बन्द हुने गरेको ।
मलाई पिरोल्ने तिम्रो माया प्राप्ति अघिको लालसा मात्र हो त ?
क्रान्तिको नशाले चे ग्वेभारा वलिदान भएझैँ
तिम्रो मायाको नशाले म वलिदान हुनु तयार भएको ।
कलशको घाँटीजस्तो सुन्दर तिम्रो घाँटी
आकर्षक छातीमा जोडिएको लोभलाग्दो दृष्य
मेरो निधारको मोनिटरमा नमेटिएको ।
किनारलाई छुँदै सर्ने नदीझैँ
तिम्रो जीवनजोडी र मलाई बराबरी छुँदै तिमी के बग्न सक्ने ?
त्यस्तो प्रायः असम्भव कुरालाई तिमीले सम्भव बनाए
तिमी मेरी बेजोड प्रेमिकाको रुपमा मैले पाउने ।
नत्र तिमीलाई एकलौटी पाउन सके
हराएको आफ्नो महान् चीज पाउँदाझैँ म बेहद रमाउने ।
कृपया ! तिमीले मलाई प्रेमको कोमलताले नसुमसुम्याए पनि
घृणाको कठोरताले दरफर्याई तिम्रो एकतर्फी प्रेमबाट हच्काउनु ।

२०६६ साल असोज ३१
मनमैजु, काठमाण्डू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *