Skip to content

अमृता लम्साल

सीमा कसले तोक्ने…?

आकाशको सीमा कसले तोक्ला?
यति परिधिभित्र घाम लाग्नु
यति सीमामा पानी पर्नु
यतिसम्म उज्यालोमा रमाउनु वा,
यतिकाले अँध्यारोमा घोत्लिएर बस्नु!
आधा बाटोको आकाश कोइलाको खानी जस्तो
कतै भने अहँको घ्याम्पो भरेर
अरुलाई चोट दिन तयार जस्तो

रुझेकी रुख र वर्षात

म पानीको रँग केमा देखाउँ?
वादल, ओस, शित या सबैको मैलो पखाल्दै ओह्रालो लागेकी नदी ?
म ऑशुको रँग केमा देखाउँ?
हॉसो, खुसी, निराशा, उदासी, गर्व, तुजुक, मृत्यु, वेदना, अभिमान…?
तर,
मलाई रमाइलो लागिरहेछ

समयको दास

ए समय,
तिमी मेरो मनको अँध्यारो कुनाभित्र पसेर
सूर्यको किरण छताछूल्ल पारिदिने
वाचा गरिदिन सक्छौ?
या बॉच्न र हाँस्न चाहिने आशा दिन सक्छौ?
यदि सक्दैनौ भने ,तिम्रो आगमनको कुनै उत्साह छैन
तिमीलाई स्वागत गर्ने जाँगर पनि छैन।

सपना

‘ए बिरानो जिन्दगीमा सपना छरिदिनेहरू,
प्रस्तरमा कुँदिएको आकृति मेटाउन
कहाँ सजिलो हुन्छ र!
जब ढुङ्गोले मन: पूत आकार लिन्छ
तब तिनै सपनाका सौदागरहरू
उर्लंदै बगेको नदीमा
सपनाको भारी हुत्याउने आदेश दिन्छन्!

प्रेम

‘प्रेम’ गर्छु भन्नेहरू ‘मीरा’ बनी हेर
प्रेमको मूल्य, मान्यतामा, तिम्रो दृष्टि फेर

‘राधा’ को नि प्रेम नै हो, मीरा को नि प्रेम
राधा खोस्छिन् बाँसुरी नै, मीरा त्याग्छिन् घर

स्पन्दन

तिमी छौ, र त यो शहर यति रमाइलो छ,
तप्प तप्प शीतको थोपा चुहिने मौसममा पनि
मनको आँगन घमाइलो छ!
तिम्रो समिप हुने आशामा
जीवनका विविध रङ्गलाई आत्मसात गर्दै
म, ढुङ्गा समेत पुजिदिन्छु।
तिमीलाई खुसी पार्ने निहुँमा
तमाम उपेक्षा र अपमान समेत सहिदिन्छु।

नयनमा नयन डुबाउँदाका क्षणहरू

ती नयनमा नयन डुबाउँदाका क्षणहरू
म मैनको रुप धारण गरिदिन चाहन्छु
मन र मश्तिष्कमा उज्यालो छर्दै छर्दै
आफैंलाई हराइदिन चाहन्छु
मन हतास भएर ढल्न खोजेको बेला
हुर्रिंदै तिम्रो अँगालोमा बॉधिन चाहन्छु
कल्पनाको सगरमाथामा चढ्दै चढ्दै
थाहै नपाइ शिखरमा पुगिदिन चाहन्छु

म र मेरो ‘ड्रिमक्याचर’

तिम्रो बारेमा जति सोच्छु, उति मुग्ध हुन्छु
सोच्दासोच्दै एक्लै रमाउँछु
आनन्द मनाउँछु
त्यसैले म भन्छु,
मेरो सपना
मेरो लक्ष
मेरो बँच्ने आधार

तिम्रै यादमा

तिमी विरलै सम्झन्छौ,
म विरलै विर्सन्छु
त्यसैले त,
हरेक पटक शव्दबाट तिमीलाई स्पर्श गर्ने कोसिस गर्छु
तिंमी खुसी हुँदा हर्षले हरिणी झैँ उफ्रन्छु,
जब आत्मसात गर्छु तिम्रा वेदनाहरू
अनायसै जीउँदो लासमा परिणत हुन्छु,

प्रेमिल मनसँग रमाउँदा….

तिमीले खटाई खटाई दिएको प्रेम,
अलिकति स्नेह,
मुटुको धडकन बढाइदिने व्यवहार,
सबैलाई समेट्दै,
अदम्य साहस र छचल्किएको खुसीका साथ
जीवनको गोरेटो पथमा लम्किँदै छु।

खै कता छ रङ?

दूर नभमा देखिने इन्द्रधनुषको रङले कुनै दिन कसैलाई लोभ्याएरै होला,
कसैले सुरु गर्‍यो, जीवनमा रङ छर्ने प्रयास!
कसैले मनायो रङको पर्व,
कसैले लेख्यो, सिँहिका र भक्त प्रल्हादको जीवनशैली भित्र,
असत्यको नाश र सत्य दीगो भएको कथा।
तर, समय सदा उस्तै कहाँ रहँदो रहेछ र!
जव मानवरुपी पात्रहरुले जीवनमा रङ भर्ने कोशिस गरे,
सुरु भयो, सप्तरङ्गको बदलामा

तिमीबाट माया पाउँदा….

तिमीबाट पाएको माया पोल्टाभरि पोको पार्न पाउँदा,
गेगरले भरिएको बाटोमा पनि
नाङ्गा पैतालाले हिँड्न सक्ने भएकी छु म
तिमीले कोरेका एक हरफ पढ्न पाउँदा,
शब्दलाई सङ्गीतको तरँगमा
बदल्न सक्ने भएकी छु म

जस्तो थिएँ, उस्तै भएँ

कुनै बेला म यस्ती थिएँ:
मनभरी निश्चल भाव,
नयनमा सपनाको भारी
‘कुहु कुहु’ गाउने कोईली सरी
सानै कुरामा रमाइ दिने किँवदन्तीय किशोरी,
कमिलाको ताँतीको पछि लागि हिँड्ने,
ऐँशेलु, चुत्रो, काफल र सल्लाको सिम्टाले नै पेट भरुँला झैँ गर्ने,
कुलेशालाई बिशाल नदी सरह ठान्ने,
हलुवावेदको टोड्काबाट सुटुक्क चिहाएर
अपरिमित सौन्दर्य प्रदर्शन गर्दै

एकता

कुनै समय तिमी थियौ, सबै मन समेट्न सक्ने भावनात्मक ‘एकता’
सबैले मान दिन्थे सम्बोधन गर्दै, ‘राष्ट्रनिर्माता’
तिम्रो छतरी मुनिको त्यो आत्मीयता
टहटह जुन लागेको बेला सागरमा देखिने
पूर्णचन्द्रको आकृति बोकेको सुन्दरता
खै कुन बेला, कुनै धूर्तले विजारोपण गरिदिएछ, स्वार्थान्धता

AmritaLamsal

हार्दिक श्रद्धाञ्जली! (सन्दर्भ, शहिद दिवस)

शहिद, आज फेरि घुमीफिरी तिम्रो दिन आएको छ,
तिम्रो लाश, रगत र आँशु माथि आफ्नो धूर्त्याँईको
महल ठड्याउनेहरूले गोहीको आँशु चुहाउँदै
तिम्रो पत्थरको मूर्ति अनि कागजका फोटाहरूमा
फूलमाला चढाउँदै, ओठेभक्ति देखाउने दिन आएको छ ।

थरी थरीका मान्छेहरू

सुरक्षाको घेरा भित्र बसेर
कोही पनि ‘असुरक्षित छैनन’ भनिदिन्छन मान्छेहरू!
आफूलाई काँडाले घोचेन भन्दैमा
काँडाको विशेषता ‘तीखो हुनु वा घोच्नु होइन’ भनिदिन्छन मान्छेहरू!
कसैको शरीरको चौटा लुछिँदा उसैलाई,
‘सहिष्णुता’ को पाठ पढाउन खोज्छन मान्छेहरू!

चेतना

मनमा गुम्सिएर अटस मटस भएका भाव
अनि भावनाहरू
पोखिइरहेछन,
तर त्यसको कुनै अर्थ छैन;
सुन्ने धर्म निभाउने कानहरू,
तेलले डम्म भरिएका छन,
आँखाहरूले देख्न सक्दैनन
सायद, फुलो परिसकेको छ ।

सम्वेदना खोज्दै

म मानिसहरु भित्र सम्वेदना खोज्दैछु
खै त्यो कता पुगेछ ?
कता हराएछ ?
कुनै समय थियो,
पल्ला गाउँमा फूकिएको एकोहोरो शँखको ध्वनीले
नजिक वस्तीका मानिसहरुलाई समेत विचलित बनाउँथ्यो !
तर आज त्यो समय आयो,
मानिसहरु लाशको बिस्कुनबाटै हिँड्नु पर्दा पनि
आँखासम्म झिम्क्याउँदैन |

यो‬ जीवन

धृति साँच्दा साँच्दै अनागत बनिदिन्छ जीवन
अनारम्भ मै आगतको बाटो हेरिदिन्छ जीवन
सरल बन्ने नाउँमा जटिल बनिदिन्छ जीवन
नाम कमाउने निहुँमा बदनाम बनिदिन्छ जीवन
धर्म गरेँ भन्ने भ्रममा पाप भरिदिन्छ जीवन

मेरो नियति, मेरो रहर

यो कस्तो नियति!
शरीर मेरो, रगत मेरो, मुटु मेरो,
तर स्पन्दन नियन्त्रण गर्ने कुन्जी तिम्रो!
तिमीले ताल्चा खोलिदिँदा हदैसम्म रमाउने
बन्द गरिदिए, धडकन नै हिच्किचाउने!