nepalipost.com
म सूर्य होईन, चन्द्र चाहन्छु
मानिसहरूको नजरमा तिमी ‘चन्द्रमा’ भएकै कारण स्त्री लिँगमा दरिन्छौ
तर म भने तिमीलाई विपरित ‘लिँग’ कै साथी ठान्न चाहन्छु ।
हरेक दिन झिसमिसेमा घरबाट निस्कँदा, सधैँ तिमी मेरो साथ हुन्छौ,
जब तिमीलाई पूर्ण-चन्द्रको रुपमा देख्छु, मन खुसीले भरपूर हुन्छ
लाग्छ, त्यस दिन तिमीमा कुनै नीराशा र दुःखले घर बसाएको छैन ।
महिलावादप्रतिको दृष्टिकोण
नेपालका “महिलावादी”हरू मध्धेकी एक शशक्त “महिलावादी” नेत्री डाक्टर रेनु भण्डारीको एउटा भनाईले सरक्कै ध्यान तान्यो । उहाँलाई कुनै मन्त्रीले आफूलाई “महिलावादी” होइन “महिला अधिकारवादी” भनेर परिचय बनाउन सल्लाह दिएछन; यसको जवाफमा उहाँको भनाइरहेछ, “म एक महिलावादी हुँ र म त्यसै भनिनमा गर्वको अनूभूति गर्दछु ।”
शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक
“मैले तिमीलाई यदि असुन्दर बनाउनु पर्यो भने मेरो एउटा सानो व्यवहारले त्यो काफि हुन्छ ।… Read More »शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक
भाषाको शिकार !!!
“ताउ……………ताउ ……….ताउ !” एउटा व्यक्ति कन्टिनेन्टल एयरलाइन्स्को गेट एजेन्टसंग बाझ्दै थियो | उसको भाषाको ध्वनीबाट लाग्दथ्यो, उ एसियाको कुनै एक देशको हो | हुनत, उसको अनुहारको बान्की मंगोलियन जस्तो थियो तर मेरो ठ्म्म्याइमा उ चाइनीज हुँदै होइन, चाईनिजको जस्तो तिच्छरो र शुष्क भाषिक लयमा उ बोलिरहेको थिएन | उ भियतनामी हुने सम्भावना अलि कम लाग्यो, किनकी, गेट एजेन्ट उसलाई ”महाशय ली !” को नामले सम्बोधन गरिरहेकी थिई | साधारणत, भीयतनामीहरुको थर भुन, नाग्युन,ग्युन यस्तै यस्तै हुने हुँदा, उ कोरियन हुन सक्ने सम्भावना प्रबल थियो |
नेपालभित्र बस्दैमा राष्ट्रभक्त हुँ भनेर दम्भ गर्नेहरु
”देशले रगत मागे, मलाई बली चढाउ………..उ नेपालीकी छोरी” आदरणीय स्वर्गीय गोपाल योन्जनले संगीत तथा स्वर दिएर अजर अमर बनाएको सदाबहार राष्ट्रिय गीत !
”सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…………” संगीतकार अंबर गुरुङ्ले आफ्नो उत्कृष्ट संगीत दिएको नेपालको विद्यमान राष्ट्रिय गीत !
तर उहाँहरु दुबै जन्मजात नेपाली भने हुनुहुन्थिएन;
तर उहाँहरुको नेपालप्रतिको निष्ठा, त्याग र समर्पणले एउटा जन्मजात नेपाली कहलाएको ब्यक्तित्वलाई समेत आफ्नो छाँयामा पार्न सक्ने गरी ”नेपाली” बन्नुभयो ।
मेरो गाडी चलाउने प्रयाश
अमेरिका आएको दश वर्ष बितिसकेछ, एकछिन घोरिएँ, मनमा लागेका खसखसलाई यो स्तभ्ममार्फत तपाई पाठकहरुसमक्ष प्रस्तुत गर्ने कुरा सोच्न लागें । “आ-मरिखा”(अमेरिका) आएर के के उपलब्धी गरिछु त ? भनेर सोचेँ । ब्यक्तिगत जीवनकै कुरो गर्ने हो भने लड्दै-पड्दै भएपनि कस्तै बिषम परिस्थितिमा पनि हारेको छैन, कसैसँग हात थापेर खाएको छैन, आफ्नो स्वाभिमान बेचेको छैन ! त्यो भन्दा ठूलो उपलब्धी अरु के हुन सक्थ्यो होला र ?
तर ती कुराहरुले सार्वजनीक जीवनमा त्यति महत्व राख्दैनन, त्यसैले त्यतातिर नजाउँ ।
सेप्टेम्बर ११ को त्यो त्रासदी
बिहानीको झिस्मिसेमै न्युयोर्क स्थित विश्व प्रसिध्द ट्वीन टावर मध्धेको साउथ टावरमा रहेको आफ्नो कार्यालय फिड्युसियरी ट्रस्ट हिँडेको एक पति आफ्नी पत्नीलाई सदाझैँ आफ्नो कार्यालयबाट फोन गर्छन; त्यति बेला बिहानको साढे आठ बजेको हुन्छ |
उनिहरु बीच सामान्य भलाकुसारी हुन्छ; एक अर्कालाई ’आई लभ यु!” भनेर फोन राखछन | उनकी पत्नीका अनुसार उनिहरुले करीव दश मिनेट फोनमा कुरा गरेका हुन्छन; त्यसको लगत्तै जस्तो बिहानको आठ बजेर छयालीस मिनेट जाँदा सेप्टेम्बर एघार, २००१, मँगलबारको दिन विश्वलाई नै हल्लाउने घटना घट्छ |
चारखुट्टे महात्म्य
म आफ्नो घरको ड्राइभ-वेमा उभिएर फोनमा कुरा गरिरहेको थिएँ; उ फुत्रुक – फुत्रुक उफ्रिँदै मेरो नजीक आयो| उस्को उँचाई र लम्बाई नाप्ने हो भने मुस्किलले एक बित्ता अग्लो र डेढ बित्ता लामो होला| उसको जातलाई ’चिवावा’ भन्छन क्यारे! हत्पति चारखुट्टेसँग मोहित नहुने मनले अचानक कोल्टे फेर्यो| मैले एक हातले ऊसलाई उठाएँ; काखिमा च्यापेँ| उसले लप-लप गर्दै मेरा नाँगा पाखुराहरुमा आफ्नो लामो जिब्रो लहरायो| ’माया’ र ’भावना’ जस्ता कुराहरुमा सँवेदनाहीन बनिसकेको मेरो हृदयमा अचानक मात्ॠ बात्सल्यको रक्त संचार भयो| त्यसपछि मलाई लाग्यो, किन अमेरिकनहरू कुकुर र बिरालो पाल्न मरिहत्ते गर्दा रहेछन !
आधुनिक ’सिन्ड्रेला’ र कल्पनाको ’राजकुमार’
केही हप्ता अगाडीको कुरो हो, सँधैको जस्तो हप्ताको एक दिन अस्पतालमा गर्ने स्वयँसेवाको जिम्मेवारी पूरा गर्न अस्पताल पुगेँ; सबैजना अफिसमा बसिरहेका थियौँ फोनको घन्टी बज्यो | अर्कोतर्फबाट खबर आयो, त्यहाँको फ्रन्ट-डेस्कमा करीव आधा घन्टाको लागि पालो दिनु पर्ने भयो | शिफ्ट क्याप्टेनले उता गएर मद्दत गर्न अह्राए; आज्ञा शिरोपर गर्दै लुरुलुरु त्यहाँ पुगेँ | सहकर्मी स्वयँसेविका एक आगन्तुकसँग ब्यस्त थिइन | डेस्कको पारिपट्टी दुई/तीन बिरामी र बिरामीका परिवारहरू बसिरहेका थिए |
उसको अस्तित्व
रातको निष्पट्ट अन्धकारमा
झ्यालको कापबाट छिर्न भ्याएको उज्यालोले
मौन वार्ताको प्रयास गर्दैछ
उ शब्द होइन, भाव प्रकट गर्दछ
चाहे म चासो लिउँ या नलिउँ,
उ मेरो आँखामा ठोक्किएर आफ्नो अस्तित्वको बखान गर्दैछ ।
मलाई थाहा छ, म उसको आगमनलाई छेक्न सक्तिन
त्यसैले उस्को अस्तित्वलाई चूनौती दिँदै मौन रहने प्रयत्न गर्छु ।
तर मेरो हृदय !
उ त रेसको घोडा झैँ बुर्कुसी मार्न तयार भइसक्छ
खडेरी परेको जमिनमा बिउ उमार्ने ताकत देखाउँदै परेको झरी जस्तै
भावनामा बहेका स्पर्शहरुले मेरो मन पगालिसक्छ ।
मलाई लाग्छ, उसको अस्तित्वको अगाडि मेरो अहँ कति नीरिह रहेछ!
विश्वास
उषाले लाली त हिजो पनि छरेकै थिई
उसले आफ्नो नियमित प्रक्रिया आज जस्तै हिजो पनि चलाएकै थिई ।
अपितु,
उसलाई के थाहा आज मनलाई तरँगित बनाउने लालीले हिजो श्राप र ताप दिएको कुरा!
आज त्यही लालीले कुण्ठित मनका भावहरुलाई जादुको छडीले छोएर आकासको परिधि नाघ्न सिकाएको कुरा!
त्यो लालीले सुटुक्क भन्न भ्याएको
जीवन आशा हो;
कल्पना हो;
भरोसा हो ।
त्यसमा निथ्रुक्क भिजेर रमाउन सिक ।
ती मुग्ध वचनहरु हार्न नसकेर,
म खोज्दै रहन्छु, ‘प्यान्डोराको बाकस भित्र’ कैद भएकी आशालाई,
कल्पनाको सागरमा निथ्रुक्क भिजाएर विच बाटोमा छाडिदिने सपनाहरुलाई,
शब्दहरुको खेल
अक्षर अक्षर मिलेर बनेका शब्दहरु
शब्द शब्द मिलेर बनेका बाक्यहरु
ती खुसीका भन्डार पनि हुन सक्छन
मायाका खडेरी पनि हुन सक्छन
या काँडै काँडाका थूप्रा पनि हुन सक्छन
तीनै शब्दका काँडाले घोच्दा नदेखिने रगत पनि बग्न सक्छन
त्यसैले होला, कोही ती शब्दको निर्माण मै कन्जुसी देखाउँछन|
कोही ती शब्दहरु बाटै आगो ओकल्छन|
तर म अनवरत रुपमा तिमीले बुनेका मिठा शब्दहरुको जाल कुरेर बसेकी छु,
हरेक क्षण तिम्रो अनुपस्थितिमा पनि तिमीले कुनै बेला बुनेका शब्दहरुको सपना सम्झँदै बाँचिरहेकी छु,
मन भरि शब्दबाटै मिठिनुको सपना साँचिरहेकी छु|
तर तिमी?
शब्द शब्दमा मितब्ययी बन्छौ,
