Skip to content

अमृता लम्साल

‘अस्तित्व’को लडाँई जीवनै भरी लड्दै

”नमस्कार !” एउटा सार्वजनिक जमघटमा धेरै वर्ष अगाडि देखिको परिचित अनुहार देखेपछि आफू बसेको स्थानबाट उठेर गई उँहालाई आफ्नो जुम्ले हात जोर्दै आफ्नो पुरानो पहिचानलाई नवीकरण गर्ने प्रयास गरें ।

ऊहाले शीरदेखि पाउसम्म यसरी आफ्नो नयनलाई दौडाउनुभयो कि, मानौ म अन्तरिक्षबाट झरेकी उदेक लाग्दो ’जन्तु’ परें।

मानवताको मैझारो

जब जब फूलहरू किचिमिची पारिन्छन,
आफ्नै शृजना माथि बमका गोला र वारुद बर्साइन्छन,
तब तब म आफैँसित प्रश्न गर्छु
‘मानवता’ के हो?
यो कहाँ छ?
केवल शब्दकोषको पन्नाहरूमा?

प्रेस ईन्स्टिच्युटले जन्माईएकी म

आज एउटा नितान्त ब्यक्तिगत कुरो, तर समाजसँग यसको प्रत्यक्ष/परोक्ष सरोकार हुनसक्छ|
मैले आजसम्म नारीवादी साहित्य पढेको छैन, कुनै जेन्डरको कोर्स गरेको छैन| म जे लेख्छु, ती सबै मेरो भोगाई, मैले देखेका कुराहरुमा आधारित हुन्छन| म पोखरीको डिलमा बसेर पोखरीको गहिराईको अन्दाज लगाउने मान्यता बोक्दिन| मेरो मान्यता पोखरीमा नडुबेको मानिसले गहीराईको जानकारी राख्न गाह्रै हुन्छ|

म सूर्य होईन, चन्द्र चाहन्छु

मानिसहरूको नजरमा तिमी ‘चन्द्रमा’ भएकै कारण स्त्री लिँगमा दरिन्छौ
तर म भने तिमीलाई विपरित ‘लिँग’ कै साथी ठान्न चाहन्छु ।

हरेक दिन झिसमिसेमा घरबाट निस्कँदा, सधैँ तिमी मेरो साथ हुन्छौ,
जब तिमीलाई पूर्ण-चन्द्रको रुपमा देख्छु, मन खुसीले भरपूर हुन्छ
लाग्छ, त्यस दिन तिमीमा कुनै नीराशा र दुःखले घर बसाएको छैन ।

महिलावादप्रतिको दृष्टिकोण

नेपालका “महिलावादी”हरू मध्धेकी एक शशक्त “महिलावादी” नेत्री डाक्टर रेनु भण्डारीको एउटा भनाईले सरक्कै ध्यान तान्यो । उहाँलाई कुनै मन्त्रीले आफूलाई “महिलावादी” होइन “महिला अधिकारवादी” भनेर परिचय बनाउन सल्लाह दिएछन; यसको जवाफमा उहाँको भनाइरहेछ, “म एक महिलावादी हुँ र म त्यसै भनिनमा गर्वको अनूभूति गर्दछु ।”

जीवन जिउने कला

सपना, कल्पना र विश्वास
जीवन जिउने कला, उद्देश्य र लक्ष्य ।
जब तिमी मलाई सपना देख्न सिकाउँछौ,
तब म क्याक्टसमा पनि सुगन्धित फूल ढकमक्क भएको देख्तछु ।
ती सपनामा सिउँदो रगाउँन चिम्टी भर सिन्दुरको होइन
केवल भावनामा ओतप्रोत मन देख्तछु ।

समर्पण

तिमी वारम्वार ‘समर्पण’ शब्दको प्रयोगले ‘कविता’ सुन्दर बनाउने प्रयत्न गर्छौ,
म त्यही शब्दको आडमा ‘प्रेम’ सफल पार्ने धोको राख्छु!
तिमी कागजमा मसि पोतेर रोमन्चित बन्न चाहन्छौ,
म जीवनलाई रोमान्चक बनाउन चाहन्छु!
तिमी मान या नमान
फरक यत्ती मात्रै छ तिमी र म मा!

हुरी र सिसाको झ्याल

अधिनायकतन्त्रको ‘प्रतीक’ बनेर जतासुकै छाउने हुरीहरू
अन्यायको प्रतिरोध गर्न रमाउने प्रतिनीधि पात्र सिसाका झ्यालहरू
बडो बेगले थर्काउँदैछ हुरी, सिसाको झ्याललाई
आफ्नो दादागिरीको लाहाछाप लगाउन चाहन्छ उ,
उता सिसाको झ्याल, मधुरो स्वरमा ‘कटकट’ को आवाज निकाल्दै विरोध जनाउँछ।
हुरीको सुसाइमा झिनो ‘कटकट’ कसले सुन्ने?

‘खुसी’भित्रको अहंकार

बुद्धिमान मानिसले अरूका अनुभवबाट सिक्छ । अब यो पुस्तक पढ्ने जोकसैलाई विजय कुमारका जीवनबाट सिकेर आफ्नो जीवनलाई सार्थक बनाउने अवसर मिल्नेछ। आफूलाई प्रगतिपथमा लगाउन चाहने प्रत्येक मध्यम वर्गीय मानिसको भगीरथ प्रयत्नको एउटा भरपर्दो दस्तावेज हो यो ।

स्वीकारोक्ति

तिम्रो बाहुपाशमा कसैलाई देख्ता झन्डै मुटुले धड्किन छाडेथ्यो,
निद चोरिएका नयनहरूले वर्षाएको वर्षातको भेलले
बेरोकटोक सिरानी भिजाउन पुगेथ्यो,
अशान्त मनले रक्त प्रवाहलाई
धमनीसम्म जानै नदिने प्रयत्न गर्न खोजेथ्यो ।
तर मैले
सबैलाई सकि नसकी सम्हालेँ
सन्नाटा भरिएको रातमै किन नहोस, मनलाई ढाडस दिइरहेँ

शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक

“मैले तिमीलाई यदि असुन्दर बनाउनु पर्यो भने मेरो एउटा सानो व्यवहारले त्यो काफि हुन्छ ।… Read More »शब्दमा कवि तथा गीतकार विप्लब प्रतीक

अमृता लम्साल भर्सेस अमृता बाँस्कोटाको रामकहानी

‘लौ सुन म भन्छु मेरो राम कहानी त्यो एकदिनको घाम सयौं दिनको पानी….’
यी हरफहरू नेपालका ख्यातिप्राप्त धरोहर गोपाल योञ्जनका शब्द, संगीत र अर्का धरोहर नारायण गोपालको स्वरमा गुन्जिरहने सदाबहार गीत, तर आज म यो गीतको बारेमा लेख्न गइरहेकी छैन बरु ती हरफहरू सापटी लिएर आफ्ना कुराहरू राख्ने प्रयास गर्दैछु।

भाषाको दवाब

आब्ला स्प्यानोल?” (तिमी स्प्यानिश बोल्छ्यौ?|
“नो, आब्लो नो स्प्यानोल!” (अँह, म स्प्यानिश बोल्दिन!)
“पोर्के?” (किन?)शरीरको भाषा र अनुहारको भाव भँगिमाले बताउँदैछ, प्रश्नकर्ता मेरो जवाफ पाएर खुसी छैन|
दिनको नभए पनि हप्ताको धेरै पटक सवाल जवाफ गरिने प्रश्न र उत्तर हुन यि!
नेपालमा हुँदा अँग्रेजी भटभटाउन नसकेर ठाउँ कुठाउँमा बाईकट भईन्थ्यो! अँग्रेजको देशमा आएर स्प्यानिश नबोल्न सकेकोमा दिमाग तताउनु पर्छ|

भाषाको शिकार !!!

“ताउ……………ताउ ……….ताउ !” एउटा व्यक्ति कन्टिनेन्टल एयरलाइन्स्को गेट एजेन्टसंग बाझ्दै थियो | उसको भाषाको ध्वनीबाट लाग्दथ्यो, उ एसियाको कुनै एक देशको हो | हुनत, उसको अनुहारको बान्की मंगोलियन जस्तो थियो तर मेरो ठ्म्म्याइमा उ चाइनीज हुँदै होइन, चाईनिजको जस्तो तिच्छरो र शुष्क भाषिक लयमा उ बोलिरहेको थिएन | उ भियतनामी हुने सम्भावना अलि कम लाग्यो, किनकी, गेट एजेन्ट उसलाई ”महाशय ली !” को नामले सम्बोधन गरिरहेकी थिई | साधारणत, भीयतनामीहरुको थर भुन, नाग्युन,ग्युन यस्तै यस्तै हुने हुँदा, उ कोरियन हुन सक्ने सम्भावना प्रबल थियो |

नेपालभित्र बस्दैमा राष्ट्रभक्त हुँ भनेर दम्भ गर्नेहरु

”देशले रगत मागे, मलाई बली चढाउ………..उ नेपालीकी छोरी” आदरणीय स्वर्गीय गोपाल योन्जनले संगीत तथा स्वर दिएर अजर अमर बनाएको सदाबहार राष्ट्रिय गीत !
”सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…………” संगीतकार अंबर गुरुङ्ले आफ्नो उत्कृष्ट संगीत दिएको नेपालको विद्यमान राष्ट्रिय गीत !
तर उहाँहरु दुबै जन्मजात नेपाली भने हुनुहुन्थिएन;
तर उहाँहरुको नेपालप्रतिको निष्ठा, त्याग र समर्पणले एउटा जन्मजात नेपाली कहलाएको ब्यक्तित्वलाई समेत आफ्नो छाँयामा पार्न सक्ने गरी ”नेपाली” बन्नुभयो ।

नारी अस्तित्वको बयान

”हामी ती नारी जाति हौँ, जसले हजारौँ बर्षदेखी मानवीय सन्तुलन कायम गर्दैआएका छौँ | मानव जातिमा हाम्रो सँख्या धेरै छ तापनि हामीले छायाँको रुपमाबाँच्नु परेको छ |”

मेरो गाडी चलाउने प्रयाश

अमेरिका आएको दश वर्ष बितिसकेछ, एकछिन घोरिएँ, मनमा लागेका खसखसलाई यो स्तभ्ममार्फत तपाई पाठकहरुसमक्ष प्रस्तुत गर्ने कुरा सोच्न लागें । “आ-मरिखा”(अमेरिका) आएर के के उपलब्धी गरिछु त ? भनेर सोचेँ । ब्यक्तिगत जीवनकै कुरो गर्ने हो भने लड्दै-पड्दै भएपनि कस्तै बिषम परिस्थितिमा पनि हारेको छैन, कसैसँग हात थापेर खाएको छैन, आफ्नो स्वाभिमान बेचेको छैन ! त्यो भन्दा ठूलो उपलब्धी अरु के हुन सक्थ्यो होला र ?

तर ती कुराहरुले सार्वजनीक जीवनमा त्यति महत्व राख्दैनन, त्यसैले त्यतातिर नजाउँ ।

विदेशमा बस्नेहरुले देखाएको देशभक्तिप्रति किन रिस ?

”मेरो राष्ट्र मेरो मुटु एशियाको धरोहर !
मासिन्छ कि, कतै भन्दै लाग्छ चिन्ता बरोबर !!”

कवि गोपाल रेग्मीको कविताबाट उध्रित गरिएका हुन । त्यो पीडा कवि गोपाल रेग्मीको मात्रै होइन, देशलाई हृदयदेखि नै माया र सम्मान गर्ने हरेक नेपालीको मनको पीडा हो ।

सेप्टेम्बर ११ को त्यो त्रासदी

बिहानीको झिस्मिसेमै न्युयोर्क स्थित विश्व प्रसिध्द ट्वीन टावर मध्धेको साउथ टावरमा रहेको आफ्नो कार्यालय फिड्युसियरी ट्रस्ट हिँडेको एक पति आफ्नी पत्नीलाई सदाझैँ आफ्नो कार्यालयबाट फोन गर्छन; त्यति बेला बिहानको साढे आठ बजेको हुन्छ |

उनिहरु बीच सामान्य भलाकुसारी हुन्छ; एक अर्कालाई ’आई लभ यु!” भनेर फोन राखछन | उनकी पत्नीका अनुसार उनिहरुले करीव दश मिनेट फोनमा कुरा गरेका हुन्छन; त्यसको लगत्तै जस्तो बिहानको आठ बजेर छयालीस मिनेट जाँदा सेप्टेम्बर एघार, २००१, मँगलबारको दिन विश्वलाई नै हल्लाउने घटना घट्छ |

महिला विरुद्धका उखान

केहि बर्ष अगाडी यो पँक्तिकारले कसैले लेखेको कुरामा प्रतिक्रिया जनाउँदै एउटा नेपाली उखान लेखेँ,लुटको धन फुपुको श्राद्ध भनेको यही होला !