‘प्रेम’ गर्छु भन्नेहरू ‘मीरा’ बनी हेर
प्रेमको मूल्य, मान्यतामा, तिम्रो दृष्टि फेर
‘राधा’ को नि प्रेम नै हो, मीरा को नि प्रेम
राधा खोस्छिन् बाँसुरी नै, मीरा त्याग्छिन् घर
किन भए ‘कृष्ण’ केवल ‘राधा-कृष्ण’ मात्र !
किन दिइयो मीरालाई केवल ‘बिष-पात्र’
तर पनि मीरासित गुनासो नै छैन
राधा भने जताततै, तर सन्तोष भएन
