Skip to content

पद्मराज काफ्ले

8ECD4912-7BF8-4F66-878A-F1D46328FB73-10654-00000F23EC2C44E7

यान्त्रिक जीवन

यान्त्रिक जीवन
घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।

झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा त्यतै ।
बिहानै नर नारी र, केटा केटीहरू पनि ।
आ-आंफ्नो काममा जान, सावधान हुने अनि ।

केटाकेटी सवैलाई ,खानपान दिई कन ।
विद्यालय पठाऊँन, छ आतुर सवैकन ।

बालक बालिकालाई, सातै बजे छ पुग्नु त।
पढाउन विद्यालयै, नपठाई भएन त ।

पुर्याउन कसैलाई,कसैको बस आउँछ ।
कसैको छैनआऊँने, पत्नी वा पति जानु छ ।

अमेरिकी उपचार पद्धति

अमेरिकी उपचार पद्धति

अमेरिकी बिरामी नै ,पर्ने जँचाउनै थियो ।
गइयो अस्पतालैमा ,अकल्पनीय देखियो ।

बिहान सात नै बज्यो, सात सितम्बरै दिन ।
गइयो अस्पतालैमा, ठाऊँ कलेज स्टेशन ।

वरैबाट खुले ढोका, आए मानिस नै पनि ।
बन्द आफै भयो फेरि, बिना रिमोट नै पनि ।

सोधिन् अघिसरी त्यहीँ, गौरवदन सेविका ।
के कसरी भयो यस्तो , विभिन्न प्रश्न नै तिनी।

भरी फाराम सम्पूर्ण , सही पनि गराइयो ।
तीन पुस्ते सवै रोग, फार्ममा पनि लेखियो ।

लगियो एक कोठैमा, सोधियो प्रश्न अन्य नि ।

भूमण्डल पछाडिको यात्रा – २

कतार पुगियो राती, रातैमा लिइयो भिषा ।
बजार पुगियो राती ,सुतियो खाइयो त्यता ।

अट्ठाइश बिहानीमा, चिया र केक खाइयो ।
हिंडियो होटलैबाट, त्यहाँ विकाश देखियो ।

जहाज चढ्न जाँदा, क्यान्सिल भो प भन्दछ !
नेपाली भल अम्रिका, ह्यूष्टन सम्म पुग्दछ ।

बाढीले घर गाडी र ,अन्न जल बगे छत ।
हजारौं नर नारी को, घरवार गुमे छत।

ह्यूष्टन रनवे सम्म ,डुब्यो तलाउ नै बनी ।
पानी जहाज चल्छन् रे, रनवे तालमा पनि ।

ह्यूष्टन नखुलेसम्म, होटेल बस्न मागियो ।
घण्टा चौबीस ज्यादा त, भिषा छ र पो भनियो ?

अटलान्टा उडी जान, जहाज ठिक्क नै परेको ।
पसियो त्यसमा भित्र , अमेरिका तिरै उडियो ।

सोह्र घण्टा लगातार, आकाश माथि नै उडी ।
राति त्यस दिनैमा नै, अम्रिका पुगियो उडी ।

औंलाछाप दशै अौँला ,त्यो कम्प्यूटरबाट नै ।
भिडाई भनियो बल्ल , दिए जाँचेर निस्कनै ।

नेपालमा बुझाएको, झिटीझाम्टा त तानेर ।
निस्कियो भित्रबाटै, होटेलतिर लागेर।

राती त सुतियो मीठो, निद्रादेवी सितै सँगै ।
बिहानिमा घडी बोल्यो ,भन्यो उठ हिनौँ सँगै ।

होटेल बस आएर, वायु यान तिरै अनि।
दुई घण्टा नपुग्दैमा, पुर्यायो अष्टिनै पनि ।

परिवार सवै त्यहाँ, देखिए भित्रबाट नै ।
राखी लगेज गाडीमा,बसेर पुगियो घर नै ।

भूमण्डल पछाडिको यात्रा – ३

सन अन्टेनियो भन्ने, अम्रिकी ठाउँ रहेछ ।
रातीको नौ बजे नै नी , प्रचण्ड ताप रहेछ ।

अन्थोनी नामका सन्त, जमानामा कुनै थिए ।
उनैको नाममा नाम, ठाउँको राखेका थिए ।

डाउन टाउनै भन्ने , ठूलै शहर रैछ नी ।
पुलमाथि पनि पुल, तलै तला ज रैछ नी ।

त्यसैको माथि गाडीका, ताँतिका ताँति ती चले।
सलल लहरै गुड्दै, बत्ति त दिउँसै बले ।

घुम्ती ज्यादै कमै रैछ, रहे शंकेत देखिने ।
टाढैबाट गती मन्द , नगरी नहुने पनि ।

साठी माइल घण्टामा, कम्तिमा गुड्नु भनि ।
गति शंकेत बाटामा, धेरै ठाऊँ हुने पनि ।

बन झाडी सबै ठाऊँ , बनकै बीच गाउँ छन् ।
काठ पात जता ततै , काठकै घर बीच छन् ।

भूमण्डल पछाडिको यात्रा – १

भूमण्डल पछाडिको यात्रा _१

कतार पुगियो राती, रातैमा लिइयो भिषा ।
बजार पुगियो राती ,सुतियो खाइयो त्यता ।

अट्ठाइश बिहानीमा, चिया र केक खाइयो ।
हिंडियो होटलैबाट, त्यहाँ विकाश देखियो ।

जहाज चढ्न जाँदा, क्यान्सिल भो प भन्दछ
समुन्द्री उर्लँदो भल , ह्यूष्टन सम्म पुग्दछ ।

बाढीले घर गाडी र ,अन्न जल बगे सवै।
हजारौं नर नारी को, घरवार गुमे सवै।

ह्यूष्टन रनवे सम्म ,डुब्यो तलाउ नै बनी ।
पानी जहाज चल्छन् रे, रनवे तालमा पनि ।

ह्यूष्टन नखुलेसम्म, होटेल बस्न मागियो ।
घण्टा चौबीस ज्यादा त, भिषा चाहिन्छ भनियो ?

अटलान्टा उडी जान, जहाज ठिक्क नै परेको ।
पसियो त्यसमा भित्र , अमेरिका तिरै उडियो ।

सोह्र घण्टा लगातार, आकाश माथि नै उडी ।
राति त्यस दिनैमा नै, अम्रिका पुगियो उडी ।

औंलाछाप दशै अौँला ,त्यो कम्प्यूटरबाट नै ।
भिडाई भनियो बल्ल , दिए जाँचेर निस्कनै ।

नेपालमा बुझाएको, झिटीझाम्टा त तानेर ।
निस्कियो भित्रबाटै, होटेलतिर लागेर।

राती त सुतियो मीठो, निद्रादेवी सितै सँगै ।
बिहानिमा घडी बोल्यो ,भन्यो उठ हिनौँ सँगै ।

होटेल बस आएर, वायु यान तिरै अनि।
दुई घण्टा नपुग्दैमा, पुर्यायो अष्टिनै पनि ।

परिवार सवै त्यहाँ, देखिए भित्रबाट नै ।
राखी लगेज गाडीमा,बसेर पुगियो घरै।

२७।८।२०१७

ब्यू कुह्यो

घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।

झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा कतै ।

PadmaRajKaphle-02

सान्त्वना

त्यो देशको नभे केभो
यो देशको छदैत छ।
त्यहाँको हक माग्ने त
सन्तानको छदै त छ ।

सम्माननीय भूतैका
जल बिन्दु सरी भए ।
विद्वान ज्ञानि विश्वका
धुर्व तारा सरी रहे ।

पदयोग-वियोग

मानसपटलमा अक्षरहरू उफ्री–उफ्री नाच्दै थिए ।
म भावनाका स्वरसँगै जीवनकै धून खोज्दै थिएँ ।।
लय–भाका तालसूर आ–आफ्नै सूरमा गुञ्जी उठे ।
तर कुनामा बसी शब्दहरू डाँको छाडी रुँदै थिए ।।
-दीपक क्रिष्ण श्रेष्ठ

हर्ष विभोर भै नाचे, अघि ती अक्षरहरू
जुटीकन शब्द-वाक्य, बन्न नचाहनेहरू ।
कठपुतली बनेका, कठै ती विचराहरू
पदयोग वियोगमा, रुने चिनौँ तिनीहरू
-पद्मराज काफ्ले

मांगलिक शुभकामना

चौंहत्तर साल आज, पहिलो दिन हो है ।
शुख शान्ति र सम्रिद्धि , ब्रिद्धि होस भनौं न है ।

शुभै हेरौँ शुभै बोलौँ ,शुभै सुनौँ सदै भरी ।
सत्य नै बोलौ नबोलौँ ,असत्य त कसैगरी ।

बेलौती र कालो सर्प

घरपाटो सम्मबारी, दक्षिण अग्लो ढिँक,
ढिँकमुनि खरबारी, त्यहीँ पनि अर्को ढिँक ।

एक अग्लो झांगिएको, ढीँकमाथि थियो रूख,
हाँगा दक्षिण गएको, थियो त्यो बेलौती रूख।

याेग किन

मानिसको चित्त चञ्चल हुन्छ । यो चञ्चले चित्त स्थिर रहन मान्दैन । यो चञ्चल मात्र हुने होइन, अशुद्ध पनि हुन्छ । त्यसैले यसको शुद्धिकरणको निमित्त हामी प्रार्थना पनि गर्नेगछौँ । यो चञ्चल किन हुन्छ ? हामीलाई थाहा छैन । मनोवैज्ञानिकहरू भन्छन्— स्वाभाविक प्रकृया हो । ‘हुन्छ’। ‘किन चञ्चल हुन्छ ?’ प्रष्ट उत्तर पाइँदैन । दार्शनिकहरू भन्छन्—चञ्चले चित्तलाई नियञ्त्रण गर्नु पर्दछ । यसलाई स्वतन्त्र र छाडा छोडी दिन हुँदैन । यसले आदर्शतिर शंकेत गर्दछ र भन्छ— ‘चञ्चलता नियणगर्नु पर्छ’ । तसर्थ चित्त नियञ्त्रण गर्नुपर्छ भन्ने सम्बन्धमा गरिने विचार तर्क र अभ्यास दर्शन शास्त्रको एउटा अंश हुन जान्छ ।

कमनवेल्थ

क्राइष्टका समर्थक, छिरे छिमेकमा जब ।
चलाए धर्म ती आफ्नै , सँस्कृति उनकै तब ।

बने थे दक्षिणी बन्धु, उनैका दास नै अनि ।
कोर्राको मार नै खाई, गरे थे काम नै पनि।

‘योर्सर्वेन्ट’ भनी अर्जी, सानैमा लेख्न ती सिके।
जन्म जात बनी दास, क्लर्क सम्म हुनै दिए ।

लडे आफैँ परस्पर, उनैका अधिनै रहे।
‘बीपी’सित मिली गान्धी, गोरासित लडी रहे।

पुराना छ सयै राज्य, स्वतन्त्र सव नै बने ।
कश्मीर लखनौले त, छुट्टै बस्ने कुरा गरे ।

लखनौसित युद्धै भो, नेपाली फौज नै लडे ।

छिमेकीको नाका बन्दी

नाका बन्द गरेर नाकै बन्द गर्न सिकाए,
नाक बन्दगरेर लामो श्वास फेर्न अह्राए ।

नाका बन्द गरी पेटमा आगो बाल्न लगाए,
नाभीको अग्नि दन्काई जीऊँदै कति जलाए ।

हिन्दु नेपाल राष्ट्र हो हिन्दु नै रहने छ यो


शुभ हेरौँ शुभै बोलौँ, शुभै सुनौँ सदै भरी ।
असत्य बोल्नु पापै हो, सत्यमा देव छन् पनि ।

प्रेक्षा गरौं नछाडी नि, शिर पाउ शरीरको ।
इन्द्रिय पछि नलागौँ, गरौं यात्रा शरीरको ।

पश्चिमी वायु आएर, उडाई धर्म नै लग्यो।
दक्षिणी वायुले स्वासै , बन्द गरी पनी सक्यो ।

निरपेक्ष हुँदा धर्म, गाईको वंश नै हर्यो ।
हिन्दु नेपाल राष्ट्र हो, हिन्दु नै रहने छ यो ।

बन्छ ऐन कसो गरी ?

कर्मचारी मुठ्ठीभित्र, राखी काम गराउने,
निजामति ऐन पनि, संशोधन गराउने ।

राजकाज चलाउने, उद्देश्य राम्रै देखियो,
हुन्छ संशोधन हेरौँ, भाग्ने त आफ्नै देखियो।

नवौं चिरन्जिवी

जमीन जल जमीन अागो र, वायु आकाश नै पनि,
स्वाधिष्ठामूल भै नाभि,अनाहत्त् विशुद्धि पनि ।

मल रहित पेटैर , स्वाधिष्ठानै भरी जल ।
आगो पकाउनै राम्रो, सदा प्रज्वलित गर ।

सफलता साथ छ

सदा हुन्छन् सवै ठाउँ,
जान्नेहरू अगाडि ज।
लागु हुन्न सवै ठाउँ,
नजान्ने पछि पर्छ ज ।

प्रवेशिका अनुत्तीर्ण,
ठूलो नेता उही त छ ।
बोर्ड फष्ट हुने चाहीं,
प्राइमरी शिक्षक छ ।

बटुक/गाहा

पाकेको बेलौती र, कालो त्यो सर्पो पढेर’
डलासमा बसी पढ्ने,सोध्छिन् छोरी के भनेर ?

‘को हो त्यो ‘बटुक’ भन्ने ? जान्न हामीले पाएनौं,
को थियो त्यो ‘गाहा’ भन्ने, चिन्न पनि त सकेनौ ।
अरु बुझी लिन पाए, हाम्रो शान्त हुने मन,
कसोगरौं हामीहरू, चन्चले यो हाम्रो मन ? ‘