Skip to content

छिमेकीको नाका बन्दी



नाका बन्द गरी नाकै , बन्द गर्न भने पछि ।
नाक बन्दगरी लामो, श्वास फेरी सके पछि।

नाक मुख गरी बन्द , अग्निसार गरी बस ।
मुख खोले भने सोझै, गएर स्वर्गमा बस ।

निराहार वसी व्रत, करड पेट टाँस्न लगाए
पेट खाली राखी सातै चक्रमा ध्यान गराए ।

अन्न पानी औषधी प्राणरक्षक बस्तु रोकी,
मूल पेट जालन्धर पनि त बन्ध गराए ।

अहोरात्र बसाली ग्याँसको ध्यान गराए,
यस्तै गरी स्वर्गमा पुग्ने मार्ग नै देखाए ।

कोशी गन्डकी कर्णाली हाम्रा प्राण ताकी,
गर्दैछन् प्रहार पन्चतत्वमा तीर ताकी ।

अब त खोल नाकाभन्दा, छ उत्तर उनको,
होइन नाका बन्दी, हो प्राणायाम रामदेवको ।

(अप्रैल ११, २०१६मा लेखिएको)
(अप्रैल ११, २०१६मा लेखिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *