Skip to content

बेद पौडेल

सायोनाराका दुई थोपा आँशु

सानो खलबल सुनेर च्याँके केटाहरुको भिडतिर नजिकियो।
के भयो र भाइ, कसैले केहि गरे कि कसो, सिधा साधा देखे भने त दादा गिरी देखाउँछन् यो स्कुलका केटाहरु, ए हगुवा तैँले हानेको होस्।

कहाँ मैले हो, ऊ तेल्ले सर्टफिकेट हेरम् भनेर लगेर बटार्न खोजेर हैन नि।

आस्था

बिहानको झण्डै ०८:३० जति भइसक्या हुँदो हो, म तैपनि गाडि पाइन्छ कि भन्ने झिनो आशा लिएर बसपार्क पुगेर यसो रुमल्लिँदै थिएँ । पऽरबाट खालाँसीले भन्यो,
“ल काठमाण्डु! काठमाण्डु! साढे ७ को गाडि छुट्नै लाग्यो।”
म हस्याङ् फस्याङ् गर्दै दौडेर गाडिमा गएर हाम्फालेँ। “१ घण्टा भे पनि नाफा हुने भो!” भन्दै म त मख्क परेँ। गाडिभित्र छिरेर यसो यताउता हेरेँ, सिट खालि छ कि भनेर। पाङ्ग्रांमाथिको एउटा सिट खाली देखेँ। म त्यहीँ गएर बसेँ मजाऽले। झ्यालतिर बस्ने मन थियो, “ढिलो आउने माझमा सुत्ने” भन्या जस्तो के पाइन्थ्यो छेउको सिट त, खासै राम्री त हैनन् तर एउटी दिदी बसिसकेकी रहिछन्, के गर्नु साइत पर्या भन्ने कि बिग्र्या भन्ने अब।