Skip to content
image


कसैको झुटो
आस्वासनहरु
कसैको झुटो
आस्थाहरु
कसैको झुटो मनहरु
” ले ” ……….”लाई”
एक्लै तडपाईरहयो !
एक्लै पर्खाईरहयो
कसमलाई सुपत मुल्यमा बिक्रि गरेर
हिजोको २ बजे!!!
हिजोको दिनको महिना
पुस माघ महिनाको कठानरिने जाडोको
हिजोको दिनमा
घमाईलो किरणलाई “गौण” बनाई
हुस्सु र बादल “प्रधान” भएको
अमिलो सिरेटोहरु,
लुग-लुग काम्दै चलिरह्यो
तर कोहि दिनसँग द्वन्द्द गर्दै उभिरह्यो
प्रतिक्षाका आँखा क्षितिजसँग मिलाउदै
हिजोको २ बजे !!!
कोहीका बेकारका द्वन्द्दहरु
कोहीका बेकारका प्रखाईहरु
कोहीका बेकारका प्रतिक्षाहरु
बिचरा चोट !
बिचरा पिडा !!
बिचरा आँशु !!!
हिजोको २ बजे
(सिऊँडीमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *