Skip to content

घमण्डी सानोबाबु

एका देशमा एउटा तिमाल भन्ने ठाउँमा एक जना सानोबाबु भन्ने मान्छे बस्थ्यो रे । उ घरको एक्लो छोरो थियो ! उसको बा आमाको नाम सर्दार र सर्दारनी थियो । उहिले लाहुर जाँदा भारतको पन्जाब भन्ने ठाउँमा साहुले राख्दिएको नाम रे सर्दार र सर्दारनी । गाउँ फर्केर आएपछि उनीहरुको नाम सरदार र सर्दारनी नै बसे छ । गाउँ घरमा सबैले सानोबाबुलाइ सरदारको छोरो भनेर चिन्थे ।

सर्दार बुढो गाउँकै धनि थियो । गाउँलेहरु ऋण लिनु पर्यो भने सबै उसै सर्दार कंहा पुग्थे । गाउँमा प्राय छेत्री र तामांग जातिको बसो बास थियो । आठ दस घर कामि दमाइ पनि थिय । ऋण मात्रै हैन मोही माग्न समेत सरदारको घरमा धाउन्थे तामांगहरु । सरदारको घरमा दुइ चार ओटा लैनो भैंसी कहिले पनि नटुट्ने अनि मोई त बाढ्ने पर्यो । तेसैत सरदारले किन मोही दिन्थे एक भारि घाँस बराबर एक ढुङ्ग्रो मोही तेसैले “मोही माग्ने ढुङ्ग्रो लुकाउने ” भन्ने उखान झैँ गाउँले हरु धक नमानी घाँसको भारि लिएर सरदार कंहा मोही माग्न पुग्थे । सर्दरनी बुढी सारै च्याँठीएकि थीइ धनि भएर होला बल्ल बल्ल भुत भुताउन्दै खै भाँडा ल्याओ भनेर ठेकी बाट मोही खन्याई दिन्थी र रुखो सोरमा घाँस चाँही पोसिलो ल्याउने गरनि नत्र मोही सोहि पाउन्दैनौ । बिचरा गाउँलेहरु मुन्टो हलाउन्थे बोल्ने र जवाफ दिने कसको तागत सर्दारनी लाइ ।

सरदारको छोरो सानोबाबु हुर्कंदै थियो । पढ्न पनि थालेको थियो तर धनको उन्मातले बिचैमा पढाई छाडेर घरमै बस्थ्यो । उसलाई किन पढ्न पर्थ्यो ? जतिपनि सम्पति छ । कामको नाममा सिन्को भाचनु नपर्ने । सानोबाबुलाइ बैंस चडदै गएको थियो उसलाई गाउँलेहरुले सानोबाबु भनेर बोलाको पर्न छाडेको थियो । कसैले ये सानोबाबु भनेर बोलायो भने के म सानो छु ? के म बाबु हो ? भन्थ्यो झोकिन्थ्यो । बिस्तारै सानोबाबु भन्ने हरुलाई भकुर्न थाल्यो। मलाई सानोबाबु नभन मेरो नाम जय बहादुर हो भन्न थाल्यो । बिस्तारै सानोबाबुको नाम जय बहादुर भयो ।

सानोबाबु सांचिकै जय बहादुर देखिन्थ्यो , अग्लो, गोरो , लामा लामा जुँगा पालेको, हेर्दै डर लाग्दो, सानो सानो बिबादमा पनि गाउँलेहरुलाई हात हाली हाल्थ्यो । जय बहादुर संग सबै गाउँले डराउँथे । उ जहिले पनि गाउँ बेसी गर्थ्यो । बेसीमा धान खेत थियो । खेतमा पानि लाउने, झार उखेल्ने निउंले संधै पान्थली बेसीमा झर्थ्यो । येसो एकाध घण्टा खेतमा रहल्ले पछि, लुसुक्क माम्ति बजार तिर लाग्थ्यो। जय बहादुरलाई रक्सि र चुरोटको लत बसी सकेको थियो । चुरोट पनि उ याक मात्रै खाने , त्यो जमानामा याक चुरोट खाने मान्छे भने पछि कति ठुलो, कति धनि खै के के हो के के को को न हो जस्तो हुन्थ्यो र गर्थे पनि । जब जय बहादुर माम्ति बजारमा पुग्यो, कसले पिलाउला र धोकौंला भन्ने आसमा बसेका गाउँका मान्ने गन्ने , ठुला ठालु, नेतो भनाउँदाहरु, जुवाडेहरुको मुखमा सररर पानि आउंथ्यो अनि नक्कली नमस्कार पनि ठोकी हाल्थे । जय बहादुरलाई के चाहियो सबैले नमस्कार गर्ने , दाइ भन्ने , डराउने , लुपुक्क पर्ने, चेपारो पार्ने मान्छे ओरि परि भए पछि जय बहादुरको खुट्टा भैंमा हुन छाड्यो । कहिले यसै पात्तियेर कहिले रक्सीले मात्तिएर ।

जय बहादुर माम्ति बजारमा सबै भन्दा बडी रक्सि खान र पचाउन सकने बहादुर बन्यो । बैंसले उन्मात, रक्सीले उन्मात , पैसाले उन्मात , सक्तिले उन्मात । गाउलेका तरुनी बरुनी छोरी बुहारी देखनै नहुने भयो, रक्सीको मातमा हात हाल्ने, जिस्काउने गर्न थाल्यो , कसैले सम्झाउन खोजे, प्रतिकार गर्न खोजे कुटी हाल्थ्यो । कसैले केहि बोल्नै नहुने भयो । रक्सीको मातमा ऋण लिएका मान्छेहरुका घरमा राति राति छिर्दै पैसा कहिले तिर्ने ? ऋण तिर्न नसके तेरो स्वास्नी मेरो घरमा पठाईदे भन्ने समेतको हर्कत गर्न थाल्यो । बिचरा गाउँलेहरु केहि बोल्न सक्दैन थिए । निरिह थिए । मजबुर थिए । जे भने पनि सहेर बस्न बाध्य थिए ।

समयको खेल भन्छन आरोह पछि सबैको अबरोह हुन्छ रे तेस्तै हुन थाल्यो जय बहादुर लाइ । जय बहादुर कम्जोर हुँदै जान थाल्यो । विभिन्न दोष लाग्न थाल्यो , मुद्धा मामिला लाग्न थाल्यो, दैनिक आए स्रोत नभए पछि जग्गा जमिन बेच्न थाल्यो । उसले आफ्नो जमानीमा हेपेका कम्जोर गाउँलेका छोरा छोरी अब्बल हुँदै थिए । जय बहादुरको अवरोह दुर्त गतिमा भै रहेको थियो ।

अब जय बहादुरलाई गाउँमा मान्ने मान्छेहरु कमि हुन थाले । बैंसमा भएको तुजुक को परिणाम देखिन थाल्यो । जग्गा जमिन बेच्दै खर्च गर्दै जाँदा सकिन लागेको थियो । बार्है मास दुइ चार ओटा दुहुना हुने घरमा गाइ भैंसीको दसी खोज्नु पर्ने हुन थाल्यो । छोराहरु अलगै बस्न थाले, स्वास्नीले वास्ता गर्न छाडी । बिस्तारै जय बहादुर परिवारबाटै अलगिन्न थाल्यो ।

जय बहादुर को तुजुक कंहा हरायो हरायो । गाउँमा कसैले एक गिलाँस रक्सि पनि पत्याउन छाडे । याक चुरोट कहिले नछाड्ने मान्छे देउराली चुरोटमा झर्यो ।
गाउँघर डुल्दा खालि खुट्टा हिंड्न थाल्यो । उसलाई राम्रो भन्ने हरुले बिचरा भन्न थाले , पहिला हेपेका हरुले ठिक्क पर्यो मोरालाई भन्न थाले ।

अहिले जय बहादुर थला परेको छ । हेर्ने कोहि छैनन्, छोरा हरु र स्वास्नीले वास्ता गर्न छाडे । बेलामा तातो पकाएर खुवाउने कोहि छैनन । अब त; मलाई किन काल नआको होला भनेर आगनको डिलमा बसेर रुने भाको छ । धनि हुँदा, सक्ने हुँदा परिवार देखि गाउँले सम्म सबैलाई चिड्यायो, अहिले कसैले वास्ता गर्दैनन् । अब बडो दुखले काल पर्खि रहेको छ । घमण्डले आफैंलाई खान्छ रे , बुद्धिले अरुलाई खान्छ रे भने झैँ , जय बहादुरको आफ्नै घमण्डले आफैंलाई खाइ रहेको छ । अहिले जय बहादुर बाट सानोबाबु मै झरेको छ ।

भाइ बैनी हो , घमण्डले आफैलाई खान्छ तेसैले , आजै देखि घमण्ड छाड । सबैलाई मायाँ गर , सम्मान गर र मांया पाउ , सम्मान पाउ ।

(यथार्थ मा आधारित कथा )

1 thought on “घमण्डी सानोबाबु”

  1. धन्यबाद
    याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *