मेरो माया सुन हो
खिया लागेको कर्द हैन
पात जस्तो सुकी जान्न्न
कागज जस्तो च्यात्न हैन
मेरो माया हिरा हो
काँच जस्तो फुटी जान्न
भेल जस्तो बगी जान्न
फुटाउनलाई हाँडी हैन
मेरो माया अमृत हो
दुषित फोहोर पानी हैन
खोला जस्तो सुकी जान्न
बगाउनलाई खहरे हैन
माया मेरो अठोट हो
बिग्रिएको रेडियो हैन
क्यार्क्यार गरी बोल्दिन
बन्द गर्न समाचार हैन
माया मेरो माया हो
पत्रिका जस्तो हराउँ दिन
सजिलै मसिसरी पखाल्लिन्न
बिर्सनलाई माया लाएको हैन

याँहाहरुले मेरो रचना पढी दिनु
याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद
धन्यबाद
याँहाहरुले मेरो रचना पढी दिनु भएकोमा धेरै धन्यबाद