वशमा छैन मन मेरो “उँडू उँडू“ भन्छ
बहकियो त्यसैत्यसै भनेको के मान्छ
चाल मेरो चञ्चले चकचक गर्छु भन्छ
पिरव्यथा सबै भुली जिस्काऊ “जिस्काऊ“ भन्छ
मायालुलाई नभेट्दा “भेटू भेटू“ भन्छ
मन मेरो चङ्गाझै “उडू उडू“ भन्छ
मन अत्तालिएपछि कता “जाऊँ जाऊँ“ भन्छ
जेसुकै होस् बरु नाता “तोडूँ तोडूँ“ भन्छ ।
