अलि वढि भो कि मायालु तिम्ले च्यापेका र जपेका मन्त्रहरु
अलि वढि भो कि मायालु हाम्रा सामिप्याका आवाजहरु
के गर्छौ र मायालु तिम्ले जपेका मन्त्रहरु निस्कपट भएपछी
अलि वढि भो कि मायालु तिमी हामी रमाएका रातहरु
सिंगारिएको जड जस्तो तिम्ले पुजा गरेको यो मायालु झैं
अलि वढि भो कि मायालु तिम्रा हाम्रा भावनाका बातहरु
तिम्रा रमाएका आँखाहरु तिनपाने झोलमा ठोक्केर फर्कदा
अलि वढी भो कि मायालु नसामा झुलेका अपुरा रातहरु
बाडुली आउँदा घाँटी घिटिक घिटिक आफैलाइ तर्साउने आवाजहरु
अलि वढि भो कि मायालु तिम्रा हाम्रा नसामा चलेका हातहरु
महान अमृत झैं लाग्ने ओखतिहरु तिम्ले हाम्ले सँगसँगै पिउँदा
अलि वढि भो कि मायालु नसामा झुलेका यि प्यासी ओठहरु
सिंगै संसार खर्लप्प निल्ने इरादा त्यो छ अतिनै सार्हैस मजाको
अलि वढि भो कि मायालु तिम्ले फुलाएका वसन्तका पालुवाहरु
