Skip to content

भोटको मोल चाहियो जनतालाई

तिम्रो भाषण हैन
पर्फर्मेन्स चाहियो जनतालाई
तिम्रो आश्वासन हैन
कर्तव्य बोध चाहियो जनतालाई
तिम्रो जीतको खुशी हैन
आफ्नै अँगेनाको राप चाहियो जनतालाई
तिम्रो कुर्सिको ढोल हैन
पसिनाको मोल चाहियो जनतालाई
मिठा मिठा कुराको अचार हैन
समय सरह विचार चाहियो जनतालाई
अब भावना माथी खेलबाड हैन
समृद्धिको संस्कार चाहियो जनतालाई
अति भो धेरै जिस्क्यायौ जनतालाई
तिम्ले पाएको भोटको मोल चाहियो जनतालाई

1 thought on “भोटको मोल चाहियो जनतालाई”

  1. थाप्छु दश करोड नि
    थाप्छु दश करोड नि

    भोटको मोलको भेटी चढाई पाउमा अनि,
    प्रसाद प्रभुको पाएँ थाप्छु दश करोड नि !

    आफ्नो काम त आफै नै गर्न आदेश गर्दंछु
    हामी भन्ने र गर्ने त तिमी आफै ज भन्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *