Skip to content

“अल बिदा राष्ट्रकवि माधव प्रसाद घिमिरे”

जुगौंजुग देशको माटो सजाएर गयौ तिमी
नेपाली भै गर्व गर्ने बनाएर गयौ तिमी ।

आँशु सबै रित्तिएछ तिम्रै शोकमा मग्न हुँदा
हाँस्दाहाँस्दै क्षितिज पारी हराएर गयौ तिमी ।

कसरी म सहुँला यी बिछोडका पलहरु
सम्झनाको महासागर खनाएर गयौ तिमी ।

आज एक्लो भएको छु राष्ट्रकवि विदा हुँदा
दिलको माया मनका भाव दबाएर गयौ तिमी ।

नेपालीको मन मन्दिरमा सधै भरी बास गर्दै
शब्दमाला अरबौंको लगाएर गयौ तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *