एकविहानै रेडियोमा उनी आएदैनन् रे अब
जदौ शब्द गुञ्जाउँदै बोल्दैनन् रे अब
अनायशै बन्द भयो दैलो दाहालको
साहित्यमा धाँजा फाट्यो रेडियो नेपालको ।
सानु छँदा उनकै जदौ सुनिरहुँ लाग्थ्यो
उनले खन्या गोरेटोमा हिँडिरहुँ लाग्थ्यो
म त थिएँ उनकै श्रोता साहित्यिक संसारको
साहित्यिक संसार जदौ रेडियो नेपालको ।
महान सोच उच्च विचार प्यारो यज्ञ दाहालको
तिम्ले छोडी जाँदा शोकले तालु सुक्यो नेपालीको
अस्ताएको फुल फेरि फुलाएर राख्न पाउँ
सधैं भरी हरेक विहान जदौ शब्द सुन्न पाउँ ।
बिछोडको हुण्डरीले साहित्यको रस सुक्यो
संझनामा रह्यो जदौ यज्ञ निधि दाहालको
मधु सरी रस तिम्ले हाम्लाई छोडी बिदा भयौ
जदौ हजुर जदौ हजुर संझनामा अब्बल रह्यौ ।
अल बिदा दाहाल यज्ञनिधि
