ब्यबहारमा मिजास आहा बोलिमा मिठास
साक्षी जुनको प्रकाश सुन्दर शान्त बिन्दास ।।
कल्पना भन्दा मिठो उनको त्यो आभास
सूर्य भन्दा तेजी आहा उनको त्यो प्रकाश ।।
नजर भित्र उनको आहा हेराइ क्या झकाश
लोभ लाग्दो मुहार आहा चुम्छ क्या प्रकाश ।।
विचित्र यो संसार उनको त्यो नजरै झकास
छर्लङ्ग जीवनको त्यो चंचल चंगा आकाश ।।
