Skip to content

बसन्त मोहन अधिकारी

नेपाली सपना र बिपना

आमा !
आज फेरि सपना देखें
तिमीलाई भैंसीले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बत्तीमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् ।

नेपाली हामी स्वच्छ मन

नेपाली हामी स्वच्छ मन सहयोगी छ भावना
मिलेर गरौं हामीले दैवीप्रकोपको सामना

आफ्नै देशको आँगनमा रोइरहेछन् नेपाली
देखाउँ मिलेर घरमा सुन्दर शान्त कल्पना

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे
तेत्तीसकोटी देवहरूमा कुन सत्य मान्छौ मान्छे

गीता सार मान्छौ भने अब्यय एक देव साथमा
पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे

मूर्ति पूज्दै हिड्छ मान्छे

  • by

मूर्ति पूज्दै हिड्छ मान्छे सुख पाउन होला
त्यो समुद्रमा सबै मिल्छन् यी बगेका खोला

गंगा नुहाई शिव भज, देव फेरिदैन
धर्ती, नारी ब्रह्मा जान, बीज उसकै चोला

आजको सत्ता

  • by

मानव सुखशान्ति प्राप्तिको लागि जङ्गलमा गएर घोर तपस्या गरेछ । धेरै नै दुःख पीडा सहेछ । आफ्ना साना साना छोराछोरी, आफ्नै दाजुभाइ, दिदीबैनीहरूलाई वलि चढाएछ ।

यावत कार्य देखेर भगवानलाई त्यो मानवदेखि दया जागेछ । भगवान प्रकट भएर भन्नु भएछ, “हे मानवर्, म तेरो तपस्या देखी खुसी भए । तँलाई के चाहियो ?”

न तिमी रहन्छौ, न म रहन्छु

  • by

न तिमी रहन्छौ, न म रहन्छु घमण्ड, इर्ष्या नगर प्रिय
परिक्षा दिन आएका हामी भोलिलाई दुःख नभर प्रिय

हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोलि
यी रमिते माँझ क्षणिक सुख भोगेर तल नझर प्रिय

म निर्जीव रहिन कहिल्यै

  • by

म निर्जीव रहिन कहिल्यै पथ्थर बनायौ तिमीले
पवित्र आत्मामा म बस्दा मन्दिरमा सजायौ तिमीले

यो ब्ययमा नखोज्नु अर्जुन अब्ययमा देख्नेछौ मलाई
मन्दिर, मस्जिद, चर्चमा स्वार्थपन देखायौ तिमीले

ढुङ्गा पूजेर मेरो पूजा नगर

  • by

ढुङ्गा पूजेर मेरो पूजा नगर मान्छे
आत्मा रुवाई हिड्दै पाप नभर मान्छे

हावा नदेख्ने आँखा, देव कसरी देख्छ
निर्जीव वस्तुसँग भर नपर मान्छे

म, मेरो देश र मोरक्को

  • by

आमा दशैँमा आर्शिवाद के दिनुभयो ? जहाँ दशा दिएर दशैँ मनाउँनेको भीड देखिन्छ । म त गाँस, बास र कपासकै लागि कतै भोकै रिक्सामा भारी लादेर अनि कतै थाप्लोको नाम्लो बिसाउन नपाएका नेपालीहरूको रित्तो निधार देख्छु । सायद पसिनाले पुछियो होला उनीहरूको बिजय उत्सवको रातो टीका अनि कानको पहेलो जमारा नाम्लोले छेक्यो होला । युद्ध र आतङ्कको मारसँग बर्षौदेखि कि लास देउ कि स्वास देखाउँ भन्दै आसोच बारिरहेका नेपालीहरू कम्ति रोइरहेकाछैनन् ।

सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने

  • by

सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

आकश ओढी सुत्नेहरू धर्तीमा पल्टिराछन्
यो मान्छेले नजन्माए कहाँबाट झर्ने रैछ ।
आफ्ना भन्ने आफन्तले दुःख पीडा भर्ने रैछ ।

आँखाहरू ओभाएनन्

  • by

आँखाहरू ओभाएनन् बर्षादको झरी पर्यो
नेपाल आमा भन्दैछिन् मेरो छोरो ब्यर्थ मर्यो

भागवण्डा नमिलेर आफ्नै घर फुटा’का छन्
लोभीपापी यो जमात पालैपालो चर्नु चर्यो

मोतीका दाना यो छातीभरि

  • by

मोतीका दाना यो छातीभरि झरेको सम्झन्छु
नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु

देखाई आँशु छुपाई रुप पासोमा पारेछन्
भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु

डिनरको स्वाद लिँदा लाली चढ्यो हरमा हजुर

डिनरको स्वाद लिँदा लाली चढ्यो हरमा हजुर
प्रिय डिस्को-डान्सतिर छोरो रोयो घरमा हजुर

तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक
नाता हाम्रो लोग्ने-स्वास्नी कायम छ दरमा हजुर

झुकेन मेरो शिर कहिल्यै

  • by

झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि
खाऊ तिमी आफ्नै पसिना यी खेतबारी खनी खनी

नगर भेदभाव कहिल्यै, कसैलाई नहोच्याऊ
नेपाली कोखमा जन्मिएका आफ्नै सन्तान हुन् उनी