कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे
तेत्तीसकोटी देवहरूमा कुन सत्य मान्छौ मान्छे
गीता सार मान्छौ भने अब्यय एक देव साथमा
पण्डितको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे
अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर
आत्मा रुवाई ढुङ्गा पूजी के को फल खान्छौ मान्छे
मन्दिर धाएर दुःख बिच अशान्ति भै रुन्छ मान्छे
अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे
एकै ईश्वर तिमी भित्र सुख शान्ति यो आत्म दिन्छ
पूजारीको चक्रब्यूहमा झुटा देव चाहन्छौ मान्छे
बसन्तमोहन अधिकारी
