Skip to content

दशैं आयो भन्छन्

  • by


दशैं आयो भन्छन् , दशा हुन्छ मलाई
मेरो चिसो चुल्हो, छैन बाल्ने सलाई

नाना माग्छ छोरो, घरमा खाना छैन
भन्नेसम्म छैनन् , दुःख पर्यो तलाई

छिमेकमा खसी, कराउँदा म्याँ म्याँ
आँशु झारी खान्छु, छोराछोरी छलाई

विजयको टिका, मेरो हार बन्छ
चाडपर्व छायो, मेरो घर जलाई

यो पसिनाको धारा, जति पोखे पनि
रुवाबासी सधैँ, यिनै बसन्तलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *