आमा !
आज फेरि सपना देखें
तिमीलाई भैंसीले लखेटेको
मध्यरातमा जुरुक्क उठेर
चैतन्यको बत्तीमा
चारैतिर हेरे
घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् ।
हो बाबु,
भो त्यो कुरा नगर
तिम्रो घरबास उठ्ला
ईज्यत मात्र होइन
प्राण चुडिएला
मेरो चाहना
तिम्रो गाँस, बास र कपास
र जीवन हो ।
मैले पनि भयङ्कर सपना देखेँ
गाउँघर, शहर मात्र होइन
प्रदेशमा पनि अैठनहरू आएर
तिम्रो गला थिचिरहेछन् ।
घरआँगनबाट
बल्ल तल्ल बाँचेका
मेरा सन्तानहरुलाई
कुबेर बन्ने होडमा
जिउँदो बलि दिदै
त्यो प्रदेशमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा
कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा
सैतानहरुले
भेडा बाख्रा झै बेचिरहेछन् ।
आमाको ममता न हो
सहन नसकेर
रुदैँ सगरमाथा उक्लिएर
प्रदेशतिर चिहाए
कयौ सपुतहरुले
भाइबैनीहरुलाई
ममताले बाँधेको देखेँ
अँगालो हालेर राखेको देखेँ
त्यतिखेर
भावविहल भै आँखाबाट आँशु खस्यो
खुसी र हर्षको
धेरै भयो
यस्तो दृष्य नदेखेको ।
समयको अन्तरालमा
अनायासै,
तिम्रो जस्तै सपना देखेँ
सपुतहरुलाई घरकै भैसिहरुले खेदिरहेछन् ।
हान्न र फाल्न सिंग उदाइरहेछन् ।
पापै पापले भरिएको धर्ती बीच
आधा रातमै उठेँ
पुकार गरे
हे जन्मदाता !
संसारका सृष्ट्रिकर्ता !
यो धर्तीमा
सत्यताको कर्म र कतब्र्यमा
बाँच्न दिदैनौ भने
जन्म पनि नदेउँ
म सधैं मेरा सन्तानहरू
अनाहकमा बली चढाउन चाहन्न ।
बली चढाउन चाहन्न ।
वसन्त मोहन अधिकारी
चितवन
