Skip to content

झुकेन मेरो शिर कहिल्यै

  • by


झुकेन मेरो शिर कहिल्यै नझुकाऊ तिमी पनि
खाऊ तिमी आफ्नै पसिना यी खेतबारी खनी खनी

नगर भेदभाव कहिल्यै, कसैलाई नहोच्याऊ
नेपाली कोखमा जन्मिएका आफ्नै सन्तान हुन् उनी

रोक्दै जाऊ भ्रष्टचारलाई यसै गरी सधैंभरि
अन्ना हजारी तिमी बन्नु नेपाली साथ छदैछ नि

यहीँ लोग्ने मरे छोरा ढल्यो, स्वास मेरो अल्झिरा’ छ
संबिधान कुर्दै बसेकोछु रुँदै दिन गनी गनी

गाउघरमा आऊ तिमी चन्द्र जस्तै शितल बनी
भन्छौ हामी बाबुराम ! तिमी नै हाम्रो भर भनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *