Skip to content

म जलेको मान्छे

  • by


म जलेको मान्छे जति जलाऊँ जल्छु
म ढलेको मान्छे जति ढलाऊँ ढल्छु

फेरिएलान् मान्छे यो मुटु फेरिँदैन
म चोखो मायाको बत्ती सधैंभरि बल्छु

त्यो शरीरको वासना माटोसँग मिल्छ
म आत्मको पुजारी सातै जन्म चल्छु

यो मायाको बदला जे जे दिन्छौ लिन्छु
सुख नदिनु मलाई म दुःखमै फल्छु
म जलेको मान्छे जति जलाऊँ जल्छु

बसन्तमोहन अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *