मन्दिरमा जान्छौ देवको पूजा गर्छौ
निर्जीव छ ढुङ्गा कसको झोली भर्छौ
सजिव मानव निर्जीवसँग माग्छ
नपाएर सुख अर्को देवमा सर्छौ
एकै मानवको तेतीस कोटी देव
यी सबै निर्जीव छन् ब्यर्थ भर पर्छौ
संस्कार रीतिरिवाज धर्म होइन
ईश्वर नचिनी हामी बाहिर चर्छौ
आफूभित्र खोजे हामी ईश्वर भेट्छौ
आत्मा नदुखाए सखै सुखमा मर्छौ
बसन्तमोहन अधिकारी
