Skip to content

प्रेम पत्र लेखेर त पाईदैन

LuckyTara-05


भावीले नै लेख्छ भन्छन देखेर त पाईदैन
चोखो माया लाउन बाटो छेकेर त पाईदैन

मन धेरै नडुलाउ है आसै आसमा बाँच्नु पर्ला
जीवन जिउन अर्काको भर टेकेर त पाईंदैन

माया लाउन धेरै गाह्रो सम्हाल्न झन साह्रो
छताछुल्ल माया त्यसै पोखेर त पाईदैन

राम्रो फूल देखे मात्र टिप्ने तिम्रो बानी रै छ
वैलिएमा यो जवानी सेकेर त पाईदैन

तिम्रो माया नपाएमा आत्महत्या गर्छु भनी
एकतफी प्रेम पत्र लेखेर त पाईदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *