एक्लो यात्रा गर्छु भन्थे उनीसँग भेट भयो
माया प्रेमलाई घृणा गर्थे तर माया बस्न गयो
माया माग्दा नशा दिने उनी साह्रै दयालु
मायालुको पीडा बुझ्ने कस्ती मेरी मायालु
आफ्नो भाग्य रिक्तो रैछ केही दिन पाइन
उनले चिनो दिइन नशा कहिल्यै भुल्न सकिन
एक्लो ठान्थे सधै आफूलाई कोही साथ नहुदा
चारैतिर पाउछु सधै नशा पिउँदा
टाढासम्म धाउन छाडे धेरै छेउमा भट्ी खुल्यो
केही गरी देखाऊँ भन्थे त्यही वोतलमा मन भुल्यो
झिसमिसे विहानी मै पिउन थाल्छु साथी
उनकै यादमा झुमी बित्छ जीवन बाँकी ।
