Skip to content


पिडाहरू भुलाउन साथ देऊ प्रिया
मायालाई चुलाउन साथ देऊ प्रिया

अशान्ति र चन्चलपन बढे झै लाग्छ
मनमा शान्ति हुलाउन साथ देऊ प्रिया

निरासाले आक्रमण गरिराको बेला
बाँच्न योग्य तुलाउन साथ देऊ प्रिया

सपना र कल्पनाले धेरै दुःखिसके
दुःखी मन भुलाउन साथ देऊ प्रिया

डर लाग्छ वैश यो कोपिला मै र्झछ कि
जीवन यो फुलाउन साथ देऊ प्रिया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *