Skip to content

चारैतिर घुमी घुमी जुटेर खायौ

LuckyTara-04


मकै भटमास हाम्रो नेपाल भुटेर खायौ
सोझा साझा जनतालाई लुटेर खायौ

अशान्तिको ज्वालाले पिल्सिएको देशमा
महसुर गुण्डा बनी कुटेर खायौ

सिनो रैछौं हामी जनता गिद्ध नेता तिमी
चारैतिर घुमी घुमी जुटेर खायौ

निर्दयी भै टुक्राएर आमाको छाती
भाइ-भाइ आपसमा छुटेर खायौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *