Skip to content

मर्न झनै गार्हो यहाँ बाँच्न पनि गार्हो


मर्न झनै गार्हो यहाँ बाँच्न पनि गार्हो
मुटु भित्र चोखो माया साँच्न पनि गार्हो

चोटहरू सम्हालेर गाँठो पर्यो मनमा
कहीं गए शान्ति छैन मेरो यो जीवनमा
भित्री मन रुँदा रुँदै हाँस्न पनि गार्हो
मुटु भित्र चोखो मायाँ साँच्न पनि गार्हो

पीडा अनि खुसी बोकी जिन्दगीको मोडमा
रुदै हाँस्दै बिताउने यस्तै रैछ यो कर्म
के लेखियो भाग्यमा जाँच्न पनि गार्हो
मुटुभित्र चोखो मायाँ साँच्न पनि गार्हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *