Skip to content

तारा प्रसाद चापागाई

LuckyTara-03

बाँच्ने आशा सम्हाले थें भाग्य लुटिएछ

सोझा साझा निमुखाको धन लुटिएछ
आफन्तको घर भाँडन आफैं जुटिएछ ।

दुःख सागर तर्ने निकास खोज्दा खोज्दै
खुसीको प्रलोभनमा मायाँ भुटिएछ ।

LuckyTara-02

जनतालाई हतकडी र नेल यहाँ

कति बगे कसलाई थाहा रगतका भेल यहाँ
कहिले हुने होला देशमा दाजुभाईको मेल यहाँ

आपसमा जुधाएर कुर्सी ताक्ने धेरै रैछन
कसलाई थाहा राजनीति त चतुरेको झेल यहाँ

तीन हाइकु

अंध्यारो कुना
पाप त्यो कोचिएर
कठ्याङ्ग्रीदै छ ।

ब्याकुल छन
उज्यालोको खोजीमा
शहिदहरु ।

मार्ने र मर्ने
दुवै शान्तिका दुत
फरक दृष्टी।

गुलाफ चुम्ने रहरहरू

गुलाफ चुम्ने रहरहरू पलाँसले गयो
यति राम्रो लोर्के जोवन दाउरा घाँसले गयो

जता हेर्छु अन्धकार छ बिहानी त हुने कहिले
दुःखपछि सुख पाउने आसै आसले गयो

एक्लै छोडी पराई देश नजाउ (सवाल जवाफ)

सवालः एक्लै छोडी पराई देश नजाउ ल कान्छा
चाँडै फर्कि आउने बाचा गरिदेउ ल कान्छा

जवाफः तिम्लाई छाडी पराई देश कतै भा छ नभन्नु है
बाचा भयो एक्लै टाढा कतै भा छ नभन्नु है

Lucky Tara

राम्रो रैछ

गरिब जनताको लागी लोक तन्त्र राम्रो रैछ
मस्तीमा झुम्नेलाई जोक तन्त्र राम्रो रैछ

१४ बर्षे सानी नानी बांच्न यहां शरिर बेच्छिन
हेर्दा लाग्छ कतै यहां भोक तन्त्र राम्रो रैछ

जहां हेर्यो गरिब दुखी सधैं थिचो मिचो पर्ने
जस्ले जे नै गर्दा हुने ठोक तन्त्र राम्रो रैछ

शान्ति ल्यायौ भन्छन कस्को मनमा शान्तिछ खै
लाग्छ यहां दुःख बोक्ने शोक तन्त्र राम्रो रैछ

पिडाहरु संगालेर बांच्न सबलाई गाह्रो हुन्छ
भुल्नलाई भट्टी छिरी धोक तन्त्र राम्रो रैछ ।।

मुक्तकहरु

(१) प्रतिक्षाको अन्तिम घडी हेर्न आउदैछु
तिम्रो इच्छा चाहनालाई फेर्न आउदैछु
बचन दिन सक्दिन म दुःख पिडा हर्ने
तर न्यानो अंगालोमा बेर्न आउदैछु ।

तीन मुक्तक

१. चोखो मायाँ संगालेर मुटुभित्र साँचु लाग्यो
माया प्रेमका कुरा गरी सधै भरी हाँसु लाग्यो
निराश भई बाँच्दै थिएँ एक्लो यो जिन्दगी
अचानक तिमी आयौ जुनीजुनी बाँचु लाग्यो ।

LuckyTara

गजलमा गाउँछु प्रिय

रातको सहारा भै सपनीमा आउँछु प्रिय
आँगालोमा बाँधिदै चोखो प्रित लाउँछु प्रिय

के भयो खै हिजो आज तिम्रैसाथ रहुँ लाग्छ
सम्झना र झ झल्कोमा सधै तिमी पाउँछु प्रिय

दुखै दुखको भूमरीमा भुटिएको मान्छे

सदा दुःखी म त हजुर लुटिएको मान्छे
आफन्तको हातबाट नै कुटिएको मान्छे

हिडन खोज्दा ठेस लाग्छ अघि बढौं कसरी
यस धर्तिमा नउम्रिदै ठुटिएको मान्छे

Tara photo

पांच हाईकु

१. ब्यस्त सर्किट
रोग ग्रस्त मस्तिस्क
संचार केन्द्र ।

२. बुढ्यौली छायो
जमाना फेरीएछ
कसरी हेरौ ।

३. बाबुको बिहे
आमाको रत्यौली
हाम्रो बिचल्ली ।

४. नदी झै बग्यो
तनाव कलकल
आंखाको छाल ।

५. भुईको धुलो
गरीबको जीवन
तलुवा मुनी ।

chapagain_t@yahoo.com

मुक्तक

सपनीमा आउने गर्छु आँखाहरू लोलाउँदा
आफूलाई नै बिर्सिदिन्छु तिम्रो यादमा टोलाउँदा
भाग्यमानी ठान्छु आफूलाई साथ तिम्रो पाएँ भने
भुतुक्कै पो हुन्छु मनको दैलो खोली बोलाउँदा ।

तिम्रो यादमा

जेलको कालो रात पनि भुली दिएँ तिम्रो यादमा
छाती चिर्ने बात पनि भुली दिएँ तिम्रो यादमा

मुटुभरि चोट लुकाई बाध्यताको हाँसो देखाई
पराईको लात पनि भुली दिएँ तिम्रो यादमा

आफ्नो अनि बिरानो पन घाम अनि छायाँ जस्तो
दुस्मनको जात पनि भुली दिएँ तिम्रो यादमा

शहिद

दुई थोपा आंसु हैन गुन माग्छन शहिद
अंजुलीभर पानी हैन खुन माग्छन शहिद

भाई भाई आपसमा तंछाड मछाड धेरै भयो
मेलमिलाप र मातृप्रेमको नुन माग्छन शहिद

राति राति सपनीमा तिमी आए जस्तो लाग्छ

राति राति सपनीमा तिमी आए जस्तो लाग्छ
धेरै टाढादेखि तिम्ले दुःख पाए जस्तो लाग्छ