Skip to content

राति राति सपनीमा तिमी आए जस्तो लाग्छ


राति राति सपनीमा तिमी आए जस्तो लाग्छ
धेरै टाढादेखि तिम्ले दुःख पाए जस्तो लाग्छ

जहाँ जाउँ जता जाउँ तिम्रै झ-झल्कोले गर्दा
मेरो वरिपरि सधै तिमी छाए जस्तो लाग्छ

एकान्तमा टोलाउँदै बस्ने गर्छु सधैँभरि
सल्लाघारी सुसाउँदा तिमीले गाए जस्तो लाग्छ

हरपलमा हरक्षणमा तिम्रै यादले सताउँदा
किन किन तिमीले नै मोहनी लाए जस्तो लाग्छ ।

लक्की तारा
नौबिसे-३, धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *